सिता बि.क
प्युठान,जिल्ला अदालत प्युठानले पछिल्लो एक वर्षमा ५५७ वटा मुद्धा फर्छौट गरेको छ।
विगतका वर्षहरूकोे तुलनामा अदालतले कामकाज तीव्रता ल्याउँदै मुद्दा फर्स्योटमा वृद्धि गरेको होे।
अदालतको ३ वर्षको तथ्यांकअनुसार बढी मुद्धा फर्छौट आर्थिक वर्ष ०८१।०८२ मा ७९० मुद्धामध्ये ५५७ वटा मुद्धा फर्छौट भएको छ । तीन आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१।०८२ मा सवैभन्दा बढी ७० दशमलव ५० प्रतिशत मुद्धा फर्छौट भएको प्यूठान अदालतको तथ्यांक छ । २३३ वटा मुद्धा फर्छौट हुन बाँकी रहेको छ ।
२०७९।०८० मा ५८० मुद्धा मध्ये ४०० मुद्धा फर्छौट भएको थियो।२०८०।०८१ मा ७०४ मुद्धा मध्ये ५०२ मुद्धा फर्छौट भएको थियो ।
श्रेस्तेदार राजेन्द्र कुमार शर्माका अनुसार अदालतले २१७ वर्ष १० महिना २३ दिन कैद र २८ लाख ८३ हजार १६८ रुपियाँ जरिवाना असुल उपर गरेको छ । यस वर्ष जिम्मेवारी सरेर आएका २३३ वटा मुद्धालाई आगामी मंसिर महिनाभित्र शुन्यमा झार्ने गरि योजना बनाइएको छ।
नम्बर एक मुद्दाः सम्बन्ध विच्छेद
प्यूठान जिल्ला अदालतमा सवैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा परेको छ।आर्थिक वर्ष २०८१।०८२ मा ३८९ वटा सम्वन्ध विच्छेदको मुद्धा दर्ता भएको हो।प्यूठान अदालतमा दर्ता भएको जम्मा ७९० वटा मुद्धा मध्ये सम्वन्ध विच्छेदको मात्रै ३८९ वटा मुद्धा दर्ता भएको हो।जसमध्ये ३२८ वटा फर्छौट भएको बताइएको छ। आर्थिक वर्ष २०८०।०८१ मा प्यूठान अदालतमा ७०४ वटा मुद्धा मध्ये ३४२ वटा सम्बन्ध विच्छेदका मुद्धा रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्