अनिवार्य विद्यालय सन्चालन गर्न सरुमारानी गाउँपालिकाको आग्रह

सीता बि.क 
प्युठान,सरुमारानी गाउँपालिकाले यथासिघ्र अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न आग्रह गरेको छ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियान,नयाँ पाठ्यपुस्तक वितरण,नयाँ शैक्षिक योजना निर्माण गरी अगाडि बढ्न विशेष आग्रह गरेको हो।
गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले सूचना जारी गर्दै देशभरका शिक्षक र विद्यालय कर्मचारी बिध्यालय शिक्षा ऐन निर्माण हुनुपर्ने माग सहित चैत्र महिनाको २० गतेदेखि केही शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएको र धेरैजसो शिक्षकहरू घरमै वस्दा विद्यालय बन्द भएका कारण बालबलिकाहरू पढाइबाट बञ्चित हुँदा अभिभावकहरूबाट व्यापक गुनासो आएको र संघीय सरकार,संघीय संसदको शिक्षा,विज्ञान तथा प्रविधि समिति तथा उप समिति मार्फत व्यापक रूपमा छलफल गरी छिटो शिक्षा ऐन ल्याउन प्रयास गरिरहेको र ऐन तथा नियमावली निर्माण एक कार्यविधिगत प्रक्रिया रहेकाले  बिधेक विषयगत समितिमा दफावार छलफल एवं पारित गर्ने क्रममा अझै केही समय लाग्ने हुँदा विद्यालय सञ्चालन गर्न आग्रह गर्नुभएको हो।
उहाँका अनुसार नयाँ शैक्षिक सत्र सुचारु हुँदा पनि नियमित पठनपाठन सुरु नहुँदा विद्यार्थी,अभिभावक र दिर्घकालिन रूपमा समाजमा नकरात्मक प्रभाव पार्ने भन्दै गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षालाई मुख्य प्राथामिकतामा राखेको अवस्थामा यस्तो गतिविधिले उक्त प्राथामिकताले पूर्णता नपाउने भएकाले विद्यालय सञ्चालन गर्न सरुमारानी गाउँपालिका अन्तर्गतका सबै विद्यालयलाई अनुरोध छ।


पत्रमा लेखिएको छ,

वैशाख महिनादेखि नयाँ शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियान,नयाँ पाठ्यपुस्तक वितरण,नयाँ शैक्षिक योजना निर्माण गरी अगाडि बढ्ने समय हो।तर,चैत्र महिनाको २० गतेदेखि केही शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएको र धेरैजसो शिक्षकहरू घरमै वस्दा विद्यालय बन्द भएका कारण बालबलिकाहरू पढाइबाट बञ्चित हुँदा अभिभावकहरूबाट व्यापक गुनासो आएको छ।संघीय सरकार,संघीय संसदको शिक्षा,विज्ञान तथा प्रविधि समिति तथा उप समिति मार्फत व्यापक रूपमा छलफल गरी छिटो शिक्षा ऐन ल्याउन प्रयास गरिरहेको अवस्था सर्व विदिततै छ।विगतका बर्षहरूमा कोभिड लगायत विविध कारणले विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति पुग्न जाँदा त्यसको असर अझैसम्म पनि परेको कुरामा शिक्षा क्षेत्रमा संल्गनहरू जानकार नै हुनुहुन्छ।यस वर्ष पनि समयमा भर्ना तथा पठन पाठन सुरु नभएमा विद्यार्थीको सिकाइ अवस्थामा गम्भीर असर पर्ने देखिएकोले तुरुन्त भर्ना अभियान,पाठ्यपुस्तक वितरण तथा पठन पाठन सुचारु गर्न सरुमारानी गाउँपालिका अन्तर्गतका सबै विद्यालयलाई अनुरोध छ।साथै यस कार्यमा सहयोग तथा सहजीकरण गर्न सबै बडा कार्यालय, विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, अभिभावक तथा सरोकारवालहरू सबैमा हार्दिक अनुरोध छ।