यात्रा संस्मरण : ‘अनुभवका अनुभूति’ पुर्वी नेपाल भ्रमणलाई नियाल्दा

यात्रा संस्मरण : ‘अनुभवका अनुभूति’ पुर्वी नेपाल भ्रमणलाई नियाल्दा

सीता बि.क
यात्रा गतिशील छ।कुनै यात्रा छोटो हुन्छन्,त कुनै लामो हुन्छ र कुनै अविस्मरणीय त कुनै क्षणिक हुन्छ।यसै यात्राको सिलसिलामा एउटा अविस्मरणीय क्षणको यात्रा संस्करण: पहिलो पुर्वी नेपालको भ्रमण र अनुभव हो। 


कतिपय यात्रा गन्तव्यभन्दा पनि आत्मा र मनको समिश्रणको एउटा ठूलो अनुभव हुने रहेछ।पर्यटकिय क्षेत्र पुर्वी नेपाल विराटनगरको यात्रामा ७ जना साथीहरू,प्रेस चौतारी नेपालको केन्द्रिय महाधिवेशन मा सामेल हुन यात्रा तय गरेका थियौँ। 
गन्तव्य विराटनगर भए पनि यो यात्रा त्यसभन्दा धेरै पर थियो।देखिएका हरेक प्राकृतिक र कृतिम दृश्यहरू महसुस गर्नु, समथर मिलेको जमिनले यात्राको सम्झनालाई अझैँ गहिरो बनाइदियो।बेलुका जुम्रीमा भेट भएपछि हाम्रो यात्रा वास्तवमै सुरु भयो,२०८१ चैत्र ९ गतेका दिन।मेरो कोठा सरुमारानी गाउँपालिका वडा नम्बर ४ बड्डाडामा रहेकाले आबश्यक कपडा लिएर जानुपर्ने भएकाले मेरो भिनाजुलाई बाइकमा पुर्याउन अनुरोध गरे तब उहाँले मेरो आग्रहलाई सहजै स्विकार गर्नुभयो र कोठाबाट आबश्यक कपडा ब्यागमा राखेपछि बडडाडा स्थित प्रहरी चोक नेर स्कार्पियो गाडी कुरेर बसेको थिए।किनकी यात्राका लागि जिजर्ब गरिएको गाडी साथिहरुलाई लिएर जुम्री बाट छुट्नुपर्ने थियो।केही समयको पर्खाई पछि उक्त स्कार्पियो साथिहरुलाई लिएर टुप्लुक्क बड्डाडाडा आइपुग्यो।तब पुर्वी नेपाल विराटनगरको लागि यहाँ बाट प्रस्थान गर्‍यौं ।
विराटनगर तर्फ तय भएको क्षणले मन फुरुङ्ग भएको थियो भने अर्कोतिर गाडीले घुम्ती मोड्दा बोमिटिङ्ग हुन्छ कि भन्ने  डर पैदा गराएको थियो।डरलाई चटक्कै बिर्साउन अर्कातिर मनमा पुर्वी नेपाल यात्राको उत्साह पनि त थियो।
भालुवाङ्ग नपुग्दा सम्म अनेकौं घिम्ती पार गर्नुपर्ने हुन्छ करिब साझ ७:०० बजे पुग्यौं तव सुरुभयो पुर्ब पश्चिम् राजमार्ग बाटो फराकिलो भएकाले गाडीको रफ्तार पनि बढिरह्यो।यात्रा मेरा लागि मात्र नभई अन्य अग्रज सहकर्मी साथिहरुको उक्त यात्रा पृथक नै थियो।किनकि गाडीमा स्वार सातै जनाको उक्त क्षेत्रको यात्रा गरेकै थिएनाैँ । 
भालुबाङ्ग चोक हुँदै गोरुसिङ्गे,भैरहवा हुँदै रातको करिब १२ बजे बर्दाघाट पुग्यौं। र सडकको किनारमा एकछिन गाडी रोकियो।दायाँतर्फ किनारको एक होटलमा पस्यौं।ब्यागमा रहेको केहि तयारी खाजाका परिकार निकाल्यो र  होटलमा खाना अर्डर गरि इच्छा अनुसार सबैले खाना खायौं।झट्ट हेर्दा नपत्याउँदो होटल भए पनि खाना भने स्वादिष्ट नै थियो। त्यहाँबाट राति १ वजे  छुट्यौ गाडीमा चालक दाइले नेपाली गीत लगाउनुभयो।आँखा निदाए पनि गीतको आनन्द भने लिइरहेकै थियौं।जति रात छिप्पिदै थियो,चिसो पनि बढदै थियो। भोलिपल्ट बिहान ९:३० वजेतिर देशकै ठूलो नदि कोसि ब्यारेजमा पुगिसकेका थियौं।हामी गाडी बाट ब्यारेजको बिचोबिच भागमा ओर्लिएर फोटो खिच्ने,टिकटक बनाउने र भिडियो खिच्ने तछाडपछाडमा सबैको धाउन्ने थियो र अन्तिमा सबै साथिहरुले एउटा सामुहिक फोटो खिच्यौ कोसि ब्यारेज लाई दक्षिण एसियाकै सबैभन्दा ठूलो प्रोजेक्ट पनि भन्ने गरिन्छ । 

कोसि ब्यारेजमा हामिहरु


सन १९५९ देखि १९६२ सम्म लगाएर निर्माण गरिएको ११ सय ५० मिटर लामो र चौडाई १० मिटर फैलिएको छ।अन्तर्राष्ट्रिय स्तरमा शहरी योजनाबद्धता र वास्तु–स्थापत्यको लागि प्रसिद्ध योजनावद्ध पुल पनि हो।कोसि ब्यारेज क्षेत्रमा सुनसरि र सप्तरी जिल्लालाई जोडेको छ।
जसको निर्माण तत्कालिन राजा महेन्द्र र भारतका प्रधानमन्त्री जबाखरलाल नेहरुको पालामा बनेको रहेछ।१९५३ मा अत्यन्तै ठूलो बाढी आएर भारतमा क्षती गरेकोले बृस्तित अनुसन्धान गरि पुल निर्माण गरिएको रहेछ।कोसि प्रदेश समृद्ध राज्यहरू मध्य प्रदेसहरूको सूचीमा अग्रणीमा नाम आउँछ।कोसि ब्यारेज हुँदै रौतहटका लागि हिड्यौ र बिहान करिब १० बजे रौतहट पुगिसकेका थियौं भोक लागिरहेको थियो। खानेकुरामा पनि सबैको अलग अलग रुचि।चना,समोसा,दहि,मटर दहि आदि खायौ। अनि विराटनगर तर्फ लाग्यौं किनकी हामिहरुको गन्तब्य स्थान भनेको उक्त स्थान नै तय गरिएको थियोे। हामी दिउँसो करिब १२ बजे कार्यक्रम स्थल विराटनगर स्थित मनास्लु होटेलमा बिहानको खाना खाएर हामी रिफ्रेसका लागि अर्को होटल ड्रागनमा गयौं। बसाईका लागि सहकर्मी दिदी शिवा रेग्मी र म एउटा कोठा लिए सङ्गै फ्रेस भई कार्यक्रम स्थल पुनःमनास्लु होटेलमा गयौं।उक्त होटेलमा पत्रकारहरुको गौरवशाली सङ्गठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको खुल्ला सत्र सुरु भइसकेको थियो।
साझसम्म कार्यक्रममा सहभागी भई खाना खाई आ-आफ्नो कोठातर्फ लाग्यौं।बिहान खाजा सङै  महाअधिबेशनको बन्द सत्रमा बस्यौं बन्द सत्रपछि कोशी प्रदेशको राजधानी  विराटनगर उपमहानार उप महानगर–२ मा निर्माण  भएको उक्त क्षेत्रको ठुलो श्याम मन्दिर अबलोकन गर्न गयौं।भारतको राजिस्थानमा रहेको प्रसिद्ध  खाटु श्याम मन्दिर जस्तै गरि  निर्माण गरिएको विराटनगरको श्याम मन्दिर अत्याधिक रुचाइएको क्षेत्रभित्र यो पर्दो रहेछ।आँखाले हेर्ने,मनले आनन्द लिनुका साथै ती सुन्दर दृश्यहरूलाई आ आफ्नै ढंगले मोवाइलमा कैद गर्‍यौं ।त्यसपछि हामि खाना खायौं। र केहि समयको विश्राम पछि धरान स्थित पूर्वी नेपालमा अवस्थित बुढा सुब्वा मन्दिर पूर्वका स्थानियहरुका लागि निकै लोकप्रिय मन्दिर अवलोकनमा पुग्यौं बुढा सुब्बा मन्दिर सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुरमा रहेको छ। धरान बिजयपुरको बूढासुब्बा मन्दिर सेउती खोलाको डिलमा अवस्थित रहेछ।बुढा सुब्बाले मागेको मनोकामना पुरा गरिदिने जनविश्वास रहेको छ।उक्त मन्दिरको अर्को विशेषता भनेको यहाँ टुप्पो नभएका बाँसहरू पाइन्छन्।जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता रहेको जानकारी प्राप्त भयो।मन्दिर भित्र प्रवेश गरिरहदा कुनै छुट्टै अनुभुती भयो।मन्दीरको प्राङ्गणमा धागै धागाको प्रदा,मन्दिर आदि हेरेर जो कोही पनि आश्चर्यमा पर्दछ । प्रशस्त खुला ठाउँ जहाँ धेरै मान्छे अट्न सक्ने रहेछ।जहाँ  अनेक प्रकारका सांस्कृतिक गतिविधि हुँदो रहेछ। त्यहाँस्थित मन्दीर वरिपरि ठुला ठुला घण्टा सहित प्रतिविम्व झल्किन्थ्यो।उक्त मन्दिर भावीपुस्तालाई अध्यन,अनुसन्धानको सचित्र हुने भान हुन्थ्यो। अत्याधिक रुचाइएको क्षेत्रभित्र उक्त मन्दिर पर्दो रहेछ।आँखाले हेर्ने, मनले आनन्द लिनुका साथै ती सुन्दर दृश्यहरूलाई आ आफ्नै ढंगले मोवाइलमा कैद गर्‍यौं।त्यसपछि हामी धरानको शहर अबलोकन गर्यौ।धरान नेपालको एक सुन्दर तथा विविध सांस्कृतिक विविधतायुक्त शहरका रुपमा परिचित छ।आधुनिक र ‘फेशनएबल’शहरका रुपमा चिनिएको ‘धरान’ नामकरणको पनि बेग्लै इतिहास भएको पाइयो।

तस्बिर :धरान शहर 


अनुमान गरियो त्यत्तिकै धरान विविध जाति तथा जनजातिको बसोबासस्थल र कला साहित्य, संस्कृति तथा खेलकूदका क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा,स्वास्थ्य,पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर शहरका रुपमा विकास हुँदै गएको रहेनछ । 
जनजाति तथा पूर्वब्रिटिस सैनिकको बाहुल्यता रहेको धरानलाई लाहुरेको शहर पनि भन्ने गरिदो रहेछ विभिन्न जातीय संस्कृतिको सङ्गमस्थल भएकाले यहाँ विभिन्न जनजातिको अध्ययन र अवलोकन गर्न सकिने भएकाले साँस्कृतिक पर्यटनका दृष्टिकोणले धरान महत्वपूर्ण भएको अनुमान गर्न सकिन्छ कला भाषा साहित्य एवं विभिन्न संस्कृतिको सङ्गमस्थलका रुपमा रहेको धरानलाई प्राकृतिक,साँस्कृतिक तथा आध्यात्मिक पर्यटनको आकर्षक केन्द्र बनाउन सकिन्छ।
पूर्वी पहाडी जिल्लाको प्रवेशद्वार तथा पहाड र तराईको सङ्गमस्थलका रुपमा धरानलाई चिनिन्छ। भौगोलिकस्थिति हावापानी यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वकास्थल साथै यसका आसपासमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय महत्वकास्थलले यसको पर्यटकीय सम्भावना बलियो भएको प्रस्टाउछ।धरानको शिरानबाट अत्यन्तै रमणीय धरान शहर अबलोकन गर्यौ धरान अत्यन्तै मिलेको शहरका मानिसको ब्यापार ब्यबसाय,रहनसहन,सभ्यता,बोलिचाली अत्यन्तै गर्व गर्ने लायक थिए।करिव १५ मिनेट पृष्ठभुमिमा रहेको शुन्दर धरान शहर संगै सामुहिक तस्बिर लियौं ।

पहाडको सुन्दर दृश्य अवलोकनसँगै सूर्यास्तको नजारा पनि अत्यन्तै मनमोहक देखिइरहेको थियो।त्यहाँ बाट हामी केही बर्ष अगाडी मात्र छिचोलिएको मदन भण्डारी राजमार्ग  हुँदै पश्चिम् मार्ग हुँदै झर्यौ भोक लागिरहेको थियो।एक होटलमा गाडी रोकि खानेकुरामा म:म खायौ। खाजा खाएर हामी पुनः उक्त राजमार्ग हुँदै लुम्बिनी प्रदेश तर्फ लागेउ।हरियाली बातावरणले मन लोभ्याइरह्यो।शान्त वातावरण,हराभरा वृक्ष,सफा अनि चौडा सडक।बिकासको ढोका सडक नै रहेछ भन्ने कुरालाई प्रमाणित गरिए झैं लाग्ने। 

 


भोलिपल्ट भैरहवा बहादुरगन्ज सडक खण्ड हुँदै अगाडी बढ्यौ गाडिमा एकाएक साथिहरु बिच कृष्णनगर सम्म पुग्ने निर्णयमा पुग्यौं। कृष्ण नगर बोर्डर पार गरि सम्पुर्ण साथिहरुले घरायसी सामाग्री खरिद गर्यौ र करिब बिहान ११ बजे त्यहाँ बाट गृह जिल्ला प्युठानका लागि प्रस्थान गर्यौ र दाङ्ग सडक खण्ड स्थित धानखोला एक होटलमा खाना खाए सङ्गै गाडी चडी सम्पुर्ण साथिहरु प्युठानका लागि अगाडी बढ्यौ र अन्त्य भयो हाम्रो यात्रा तव हामी आ- आफ्नो गन्तब्य तर्फ लाग्यौं। 


अन्त्यमा यात्रामा हामीहरुले जीन्दगीमा अनुभव नगरेका धैरै विषयहरुको अनुभव गर्ने अवसर मिल्यो। हामीहरु सबैका लागि यो यात्रा सदैब अविष्मरणीय क्षण बनीरहनेछ। हामीहरु मात्र नभई देश विदेशका हरेक मानीसहरु यी आनन्ददायक मनोरम,प्राकृतिक सुन्दरतामा रम्न पाउने बातबरणको सिर्जना,पर्यटन बिकास गर्न सकिएमा देशको आर्थिक समृद्धि कायम हुन सक्दछ।