स्वर्गद्वारीमा प्रध्यापक र कम्प्युटर अपरेटरलाई बर्खास्त गर्न अनेरास्ववियुको माग  

स्वर्गद्वारीमा प्रध्यापक र कम्प्युटर अपरेटरलाई बर्खास्त गर्न अनेरास्ववियुको माग  

सीता बि.क
प्युठान,अनेरास्ववियु प्युठानले स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाका प्राध्यापक सुशील पोख्रेल र कम्प्युटर अपरेटर बाबुराम उपाध्यय लाई  बर्खास्तकाे माग गरेको छ।
आइतबार एक बिज्ञप्ति सार्वजनिक गर्दै उनिहरुको वर्खास्तको माग गरिएको हो।आसन्न चैत्र ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा स्वर्गद्धारी बहुमुखी क्याम्पस प्रशासन,कर्मचारी तथा प्रध्यापक द्वारा आफ्‌नो अनुकुलतामा रहेको उमेद्वारहरुमको प्रचारप्रसारमा विद्यार्थीहरुको निवास (कोठा) मा गई विद्यार्थीहरुलाइ जवरजस्ती प्रभावित बनाउन खोज्ने क्याम्पस प्रध्यापक शुशिल पोखेल र मतदाताहरुको विवरणको माग गर्दा सुचना लुकाई गलत तथ्याङ्क दिनुका साथै आचारसंहिता विपरित अराजकता तथा नैतिकहिन तथा राजनैतिक प्रतिसोध राख्ने जस्ता काम गरेकोले उक्त गतल गतिविधि गर्ने प्रध्यापक शुशिल पोखेल र कम्प्युटर अपरेटर बाबुराम उपाध्यायलाइ तत्काल बर्खाष्त गरी चुनावलाइ मर्यादित धादलिरहित वातावरणमा निष्पक्ष बनाउन जोडदार माग गर्दछौ।

विज्ञप्तिमा उल्लेख गरिएको छ।अनेरास्ववियुका जिल्ला उपाध्यक्ष सुवास सुनारले हाम्रो मागलाइ वेवास्ता गरी प्रध्यापक शुशिल पोखेल र कम्प्युटर अपरेटर बाबुराम उपाध्यायलाइ बर्खास्त नगरे सम्म चुनावी प्रकृया अगाडी नबढाउन माग गर्दछौ उनले भने।यदि क्याम्पस प्रशासनले माग पुरा नगरी चुनावी प्रकृया अगाडी बढाइए अनेरास्ववियु प्यूठान कडा ढंगले आन्दोलनका कार्यक्रम मार्फत खवरदारी गर्न बाध्य हुने जानकारी गराउदछौ।