सिता बि.क
प्युठान,संघीय संसदका सूर्य थापाले नेपालका सार्वजनिक विद्यालयलाई गुणस्तरीय छन् भन्ने विश्वास दिलाउन शिक्षकको सक्रियता आवश्यक रहेको बताउनुभएको छ।
आफुले अक्ष्यारम्भ गर्नुभएको झिमरुक गाउँपालिकाको अमर सिंह माध्यमिक विद्यालय सौतामारेले आफ्नो स्थापनाको ५५ औं वार्षिक उत्सव तथा अभिभावक दिवसमा आयोजित कार्यक्रममलाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुन आबश्यक छ,यसका लागि सरकारी विद्यालयका प्रअ र शिक्षकहरू इमानदार र विद्यार्थीप्रति उत्तरदायी बन्नु जरुरी छ। विद्यालयमा स्तरीय भौतिक पूर्वाधारका साथै सबैमा असल संस्कार,व्यवहार र अभ्यासहरू भए सार्वजनिक शिक्षा अब्बल हुने उहाँ बताउनहुन्छ।
उहाँले अहिले प्यूठानका धेरै जसो विद्यालयको अवस्था दुर्दशा रहेको,नतिजाको हिसाबले हेर्दा धेरै विद्यालयहरु शुन्य अवस्थामा पुगेका भन्दै यसो हुन नदिन विद्यालयका कुनै पनि शिक्षकहरुले पार्टीको झन्डा नबोकी आफ्नो काम र कर्तव्यमा लाग्न आग्रह गर्नुभएको छ ।
बिध्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक,अभिभावक,बिध्यार्थी सबैको पहल हुनुपर्छ, उहाँले भन्नुभयो अमरसिंह माध्यामिक बिध्यालय आमनागरिकको रोजाइँ बन्न सक्ने गरी लाग्नुस।’
विद्यालयले वार्षिक उत्सव अन्तर्गत अन्तर सदनात्मक विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्नुका साथै विद्यालयले २०७६ सालमा संचालन गरेको स्वर्ण महोत्सव को अवसरमा आर्थिक सहयोग गर्ने सहयोग दाताहरुको नामवली र तस्बिरहरु समाबेश गरिएको ताम्रपात्र प्रतिनिधि सभाका सदस्य थापाबाट अनावरण गरिएको थियो ।
त्यस्तै झिमरुक गाउँपालिकाका संस्थापक अध्यक्ष तिलक जि.सी.ले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
साथै विद्यालयका प्रधानाध्यापक दान बहादुर जि.सी.ले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा चन्दादाताहरु लाई सम्मान गरिनुका साथै विद्यालयका भुतपुर्व शिक्षक खिम बहादुर जि.सी.ले आफ्नो बुवा रेशम बहादुर जि.सी. र आमा कृष्ण कुमारी जि.सी.को नाममा अक्षयकोष समेत स्थापना गर्नुभएको छ ।
कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तथा झिमरुक १ का वडा अध्यक्ष धुर्व्रराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी शिक्षिका बिमला भट्टराईको स्वागत र संचालन शिक्षक सुर्य जिएमले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्