राम बहादुर बिश्वकर्मा
प्युठान,युवा साहित्यकार सुमन सुवेदीको पहिलो कविता सङ्ग्रह "अगुल्टो"विमोचन भएको छ।
साहित्य परिषद प्युठानको आयोजनामा शहिद दिवसको अवसरमा प्यूठान नगरपालिका–७ शहिद पार्कमा एक कार्यक्रमका बीच साहित्यकार सुबेदीको कविता सङ्ग्रह विमोचन गरिएको हो ।
प्यूठान नगरपालिका–४ टारी निवासी सुवेदीले कविता सङग्रहमा समाज रुपान्तरण,मनोविश्लेषण तथा भोगाइहरु आत्मसात् गरिएको उल्लेख गर्नुभयो।
बिमोचन गरिएको उक्त कविता संग्रह बाट विभेद,अत्याचार,शोषण,दमन र विकृतिका विरुद्ध समाजमा जागरण ल्याउन मद्धत पुग्ने अपेक्षा गर्नुभएको छ।
समारोहमा आफ्ना केहि कविताहरु वाचन गर्दै कबिता संग्रहका रचनाकार सुबेदीले समाजमा,प्रकृतीमा जे देखीन्छ त्यही यस कृतिमा समाबेश गरेको बताउनुभयो ।
र्सिजना गर्ने सजिलो नभएको सिर्जना भएकोलाई प्रकाशन गर्ने झनै समस्या रहेको उहाँको भनाइ रहेको छ । कबिता संग्रहमा ५२ वटा कबिताहरु समाबेश गरीएका छन।
कार्यक्रममा बोल्दै शहिद पार्क निर्माण समितिका अध्यक्ष ज्ञामुराम न्यौपानेले साहित्य क्षेत्रमा अग्रसर हुने जोस र जागरका साथ अगाडी बढिरहेकोमा सुबेदीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।साथै आगामी दिनमा आफुलाई साहित्य क्षेत्रमा अझै निखार्दै सदैब स्थापित हुन पनी उहाँले सुझाव दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले युवा साहित्यकार सुवेदीले समाजमा रहेका अन्याय,अत्याचार, भ्रष्टाचारको विरुद्धमा निरन्तर आवाज उठाइरहेकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो । सुबेदिको कबिता सृजनाले समाजलाई सहि दिशामा अघि बढाउन सहयोग गर्ने कार्यक्रममा बोल्ने बक्ताहरुको थियो।
साहित्य परिषद प्यूठानका कार्यबाहक अध्यक्ष विमला खनालको अध्यक्षता,साहित्य परिषद प्यूठानका कोषाध्यक्ष राजकुमारी कुवरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ध्रुव गिरीले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्