राष्ट्रियगान गाएर दैनिक सेवा प्रवाह गर्दै नौबहिनी गाउँपालिका

राष्ट्रियगान गाएर दैनिक सेवा प्रवाह गर्दै नौबहिनी गाउँपालिका

सीता बि.क
प्युठान,नौबहिनी गाउँपालिकाले कार्यालयको काम सुरु गर्नु अघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ। 
गत पुष ७ गते बसेको कर्मचारीहरुको बैठकले राष्ट्रिय गान गाएर मात्र कार्यकक्षमा प्रवेश गर्ने निर्णय गरेको हो।
जब विहान १० बजे अगाडि पोशाकसहित सवै कर्मचारी कार्यालयको प्रवेशद्वारमा आईपुग्छन् भने कार्यालयभित्र छिरिसकेका प्रमुख प्रशासकीय अधिकृत लगायत शाखागत कर्मचारीहरु कार्यकक्ष बाहिरको प्राङ्गणमा लामबद्ध हुन्छन।जब राष्ट्रिय गानको सम्मान र जिम्मेवारीता बढाउन राष्ट्रिय गान बजाइन्छ तब प्रमुख प्रशासकीय अधिकृत सहित अन्य कर्मचारी राष्ट्रिय गानमा सहभागी हुन्छन् ।
त्यसपछी मात्र कर्मचारीहरु आ-आफ्नो कार्यकक्षतर्फ जाने गर्दछन्।
कर्मचारीलाई राष्ट्रप्रति भावना र एक आपसमा आत्यमिता बढाउन सहयोग गराउने उद्देश्यले यस्तो सुरुवात गरुएको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताउनुभयो।
'राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही,कर्मचारीमा राष्ट्रप्रति भावना र आत्यमिता बढ्ने तथा कर्मचारी,सेवाग्राहीमा जहाँ जुनसुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुर्‍याउने विश्वास लिएका छौँ, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो।
उहाँले राष्ट्रिय गान पश्चात गाउँपालिकाको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीहरुलाई जानकारी गराउन पनि सहज हुने बताउनुभयो ।
यस्तै राष्ट्रिय गानलाई निरन्तरता दिने र आम नागरिकलाई नयाँ सन्देश दिन खोजेको उहाँको भनाइ छ।उहाँले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिइएको बताउनुभयो।
जिल्लाका केही स्थानीय तहहरुले दैनिक राष्ट्रिय गान गाएर सेवा प्रवाह गर्दै आएका छन् ।