राम बहादुर बिश्वकर्मा
प्युठान,दिपज्योती वचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा बुधबार मरन्ठानामा सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि ले गर्नुभएको थियो।सो अवसरमा बोल्दै उहाँले सहकारी संस्थालाई नीति नियम अनुसार संचालन गर्नुपर्ने बताउनुभयो।
खराबबाट बचाउन,प्रविधिमैत्री बनाउन र निष्क्रिय संस्थालाई पुनर्जीवन दिन सहकारी एकीकरण हुनुपर्ने उहाँले बताउनुभयो ‘मर्जले उत्पादन र सेवामा विविधिकरण ल्याउन सकिन्छ’,उहाँले भन्नुभयो।
सहकारीमा चुनौती र अवसर दुवै रहेको चर्चा गर्दै वडा अध्यक्ष के सि ले नियम विपरित संचालन भएका सहकारीले सिंगो सहकारी आन्दोलनलाई नकरात्मक दिशामा लगेको बताउनुभयो।
प्युठान नगरपालिका वडा नम्बर ९ का सस्थापक वडा अध्यक्ष नेहर सिह के सि ले नेपालमा सहकारी दर्शन,सिद्धान्त,मूल्य,मान्यता,योगदान र सम्भावनाको आधारमा सहकारीलाई सदुपयोग गर्न सक्ने हो भने नेपालको आर्थिक तथा सामाजिक विकासमा सहकारी अभियानको सम्भावना प्रशस्त भएको बताउनुभयो।
सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन,नियमन र सुशासनको अभावका कारण सहकारीको योगदान र अपरिहार्यतामा प्रश्न चिन्ह खडा भएका छन। उहाँले भन्नुभयो।सहकारी ऐन २०७४ लाई अक्षरस पालना गर्न नसक्दा र समय समयमा सम्बन्धित निकायबाट अनुगमन र नियमनको कमीले गर्दा सहकारी अभियानमा नै गम्भिर चुनौती देखा परेको उहाँको भनाई छ।
सो अवसरमा पैरवी अनलाइनका सम्पादक राम बहादुर बिश्वकर्माले सहकारीलाई वैज्ञानिक र विधि पूर्वक सञ्चालन गर्न र व्यवस्थिति गराउन सञ्चालक, शेयर सदस्य र कर्मचारीको भूमिका महत्वपुर्ण हुने बताउनुभएको थियो।
सहकारीलाई ब्यबस्थित बनाउन नीति विधि र प्रबिधि अनुसार चलेका कुनै पनि सहकारी समस्या ग्रस्त छैनन् उहाँले भन्नुभयो।
सहकारीको मूल मर्म र सिद्धान्त भन्दा बाहिर गएर सञ्चालकले आफू र आफ्नालाई मात्र लाभान्वित गराउने प्रवृत्ति पनि समस्याको कारण रहेको उहाँको भनाई थियो।
स्वर्गद्वारी सहकारी सस्थाका सचिब केशु गिरीले छरिएर रहेको पूँजीलाई एकिकृत गरी आर्थिक रुपमा सबल,सक्षम,आत्म निर्भर र स्वाबलम्बि बनाउने उदेश्यले स्थापना भएका सहकारी कामकाजी नभई नामकाजी मात्र भएको संज्ञा दिदै गिरीले अनिवार्य सहकारी एकीकरण हुनुपर्ने बताउनुभयो।
उहाँका अनुसार विश्वब्यापी सहकारिताको भावना,मूल्य मान्यता,सिद्धान्त अनुरुप पारदर्शी रुपमा सदस्यहरूको गुणात्मक आर्थिक बिकास,सामाजिक हितको लागि सहकारी एकीकरण हुन आबश्यक छ।"
त्यस्तै सहकारी संस्थाका अध्यक्ष पुर्णलाल गिरीले संस्थाको गतिविधि जानकारी गराउँदै संस्थालाई निरन्तर नाफामा लैजाने प्रयास भइरहेको बताउनुभयो।
उहाँले सहकारीहरु पार्ददर्शि हुनुपर्ने,यसमा लागेकाहरू,बचतकर्ता र सेयर सदस्यहरु सहकारीका बारेमा जानकार हुनुपर्ने बताउनुभयो।
उहाँले सहकारीले आफ्ना सेयर सदस्यहरुका लागि उपलव्धिमूलक तालिमहरुको व्यवस्था सम्बन्धि सस्थाको आगामी कार्ययोजना रहेको समेत बताउनुभयो।
समाजसेवी टेकुलाल गिरीले वर्तमान अवस्थामा जनतामा सहकारीप्रतिको दृष्टिकोण नकारात्मक ढंगले विकास भइरहेको घटनाहरू बारे सचेत गराउँदै सहकारीको मूल मर्मप्रति प्रतिबद्ध भई काम गर्न मार्ग निर्देश गर्नुभएको थियो।
नेपाल पत्रकार महा संघ प्युठानका सचिब बासुदेव गिरीले हरेक सहकारीहरुले शिक्षा र सचेतनामा कम लगानी गरेको भन्दै उहाँले शेयर सदस्यहरुका लागि सीप मूलक सामूहिक उत्पादमुखी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताउनुभयो। ‘सहकारीमा लाग्नु भने सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्नु हो,’सचिब गिरीले भन्नुभयो,‘शेयर सदस्यहरुको आवश्यकता सम्वोधन गर्ने गरि व्यवसाय सञ्चालन गर्नुपर्दछ।’
अहिलेको बजारको अवस्थालाई मध्यनजर गर्दै सहकारीहरूले आफ्ना शेयर सदस्यहरूलाई आयआर्जनका कार्यक्रमहरूमा आकर्षित गर्नुपर्ने उहाँको भनाई थियो।
कार्यक्रम सस्थाका अध्यक्ष पुर्णलाल गिरीको अध्यक्षता,सदस्य बिष्णु बिष्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष माया गिरीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सस्थाका सचिब माधव गिरीले आव २०८०/०८१ मा सहकारीले गरेको उपलब्धी,भावी योजना,सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै लेखा संयोजक रमेश गिरीले सहकारीका उप समिती नाम मात्र भएकोले उक्त उपसमितिलाई भुमिका सम्मत बमाउने धारणा राख्नुभयो। समाजसेवी टिकाराम पौडेलले सहकारी सस्था संचालक सस्था प्रती पुर्ण जानकार हुनुपर्ने धारणा राख्नुभयो।
बाढी पिडितलाई न्यानो कपडा,बिपन्न तथा जेहेन्दार बिध्यार्थिलाई स्टेशनरी,असल ऋणि र बचत कर्ता सम्मानित
सो अवसरमा बाढी पिडित लिला बहादुर नेपालीलाई न्यानो कपडा प्रदान गरिएको थियो।
त्यस्तै संस्थाबाट ऋण लिई समयमै ऋण चुक्ता गरि राम्रो कारोबार गर्ने तर्फ सरस्वती गिरी,असल बचतकर्ता शान्ता जि सि लाई संस्थाले सम्मानित समेत गरेको छ। सम्मानित हुनेहरुलाई दोशल्ला ओडाएर सम्मान गरिएको थियो।
त्यस्तै बिपन्न तथा जेहेन्दार बिध्यार्थि तर्फ रामचन्द्र बि.सि,प्रशना थापा र समुन्द्र सुनार,रुचिका भट्टराई लाई स्टेसनरी प्रदान गरिएको थियो।
यस्तो छ वित्तीय अवस्था
कुल चुक्ता पुँजी १ करोड २७ लाख ८३ हजार ८ सय १ रुपैयाँ ६१ पैसा रहेको संस्थाले १ करोड १२ लाख ८२ हजार २ सय ७५ करिब ३४ ऋण प्रबाह गरेको छ। संस्थाले आर्थिक वर्ष २०८०\०८१ को आर्थिक प्रतिवेदन सर्व सहमतले पास गरेको छ।
प्रतिक्रिया राख्नुहोस्