राम बहादुर बिश्वकर्मा
प्युठान,संगम बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड प्युठान नगरपालिका ७ पुण्यखोलाको २२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन प्युठान नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र वर्माले गर्नुभएको थियो।
कार्यक्रममा उहाँले सहकारीले स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो।
सहकारीले बचत र ऋण परिचालन मात्र नभई स्थानीयस्तरमा छरिएर रहेका स्रोतसाधनलाई एकीकृत गरी सामूहिक कार्यका माध्यमबाट व्यक्तिलाई आय आर्जन तर्फ जोड्न अपरिहार्य छ उहाँले भन्नुभयो।-"केहि सहकारीका कारण समाजमा नकारात्मक सन्देश प्रभाह भैरहेको छ तर केही सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि विभिन्न उदाहरणीय कार्य पनि भैइरहेका छन।"
निष्पक्ष ढंगले कलम चलाउन सके सहकारी क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो।आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान हुने भएकाले सञ्चारमाध्यमले सहकारी क्षेत्रको विषयमा स्थान दिनुपर्ने बताउनुभयो। साथै सञ्चारमाध्यमको सहयोगले सहकारी करेक्सन हुन मौका पाउने बताउनुभयो।
त्यस्तै कार्यक्रममा जिल्ला सहकारी संघ प्युठानका अध्यक्ष सुशील पोख्रेलले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी उद्यमशीलताको विकास गर्नुपर्ने बताउनुभयो।
शुभकामना व्यक्त गर्दै जिल्ला सहकारी संघका अध्यक्ष पोख्रेलले सहकारीहरुमा बढ्दो कर्पोरेट प्रवृत्तिदेखि सजग हुनुपर्ने बताउनुभयो।, ‘सहकारीले तीन खम्बे अर्थ नीति अनुसार स्थापित हुन उत्पादनमा जोड दिनुपर्ने भन्दै’,उहाँले सहकारी क्षेत्रको विकृति,विसंगति अन्त्य गर्नुका साथै सहकारीको प्रबर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो।
सहकारीले प्राङ्गारिक खेती गर्न नयाँ–नयाँ कार्यक्रम ल्याउनुपर्ने उहाँको सुझाव छ। ‘शीप,बचत र उद्यमशीलताले मात्र सहकारीको सङ्गठन बलियो हुन सक्छ,’उहाँले भन्नुभयो।सहकारीको विकासमा राज्यले चासो दिन नसकेको गुनासो गर्दै भर्खरै सरकारले ल्याएको अध्यादेश समेत आपत्तिजनक भएको उहाँको भनाइ छ ।
२०५९ सालमा स्थापना गरिएको उक्त सहकारी सस्थामा २०८०/०८१ को आर्थिक प्रतिवेदनअनुसार ६ सय १९ सेयर सदस्य,कुल सेयर पुजि १४ लाख २१ हजार, कुल बचत १ करोड ४१ लाख ५९ हजार २ सय ५५,कुल आम्दानी २३ लाख ७३ हजार ८ सय,कुल खर्च २१ लाख २१ हजार तीन सय ३४ र बैंक मौज्दात २४ लाख १ सय १५ उल्लेख छ।
अध्यक्ष कमला थापाको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको सन्चालन राधिका के सि ले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्