राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका ७ टिकुरी बसपार्क स्थित मैदानमा जारी ‘पहिलो भित्रिकोट महोत्सव–२०८१’ मा अहिलेसम्म २८ हजार भन्दा दर्शकले अवलोकन गरेका छन् ।
पौष ५ गतेदेखि सुरु भएको महोत्वसमा बुधबार सम्म २८ हजार भन्दा बढीले अवलोकन गरेको उद्योग बाणिज्य संघ प्युठान नगरपालिका बजार इलाकाका सचिब कमल पौडेलले ले बताए । साथै अहिलेसम्म १ करोड भन्दा बढीको आर्थिक करोबार भएको उनले बताए।
महोत्सवको समय अझै बाकी रहेपनि आज बिहिवार बार १२ हजार भन्दा बढीले मेलाको अवालेकन गर्ने अनुमान गरिएको सचिब पौडेललेले बताए । आज बिहिवार लोकदोहोरी गायीका ज्योति मगर,अर्जुन कौशल,रमेश श्रेष्ठ,राजु परियार लगायतको विशेष प्रस्तुती दिने कार्यक्रम रहेको उनले बताए ।
साथमा स्थानीय तथा राष्ट्रिय कलाकारको पनि प्रस्तुती रहने बताए । "कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध नगरको बलियो आधार" भन्ने नारा सहित पौष ५ गतेदेखि सुरु भएको प्रथम भित्रिकोट प्यूठान महोत्सव २०८१ पौष १७ गते सम्म चल्नेछ।
प्रतिक्रिया राख्नुहोस्