प्युठानमा एमालेको पालिका अधिवेशन : झिमरुक गाउँपालिका अध्यक्षमा खड्का

प्युठानमा एमालेको पालिका अधिवेशन : झिमरुक गाउँपालिका अध्यक्षमा खड्का

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानका अधिकांश स्थानीय तहमा नेकपा एमालेले निर्धारण गरेको पालिका अधिवेशन हुन सरु भएका छन । नेकपा एमाले जिल्ला कमिटी प्युठानले निर्धारण गरे अनुसार आज झिमरुक गाउँ पालिकामा अधिबेशन सम्पन्न भएको हो।
झिमरुक गाउँपालिकाको दोस्रो अधिवेशनबाट पदम खड्का लाई अध्यक्षमा सर्वसम्मतले चयन गरिएको छ।शनिवार मच्छिमा सम्पन्न गाउँपालिका अधिवेशनबाट कमिटीको उपाध्यक्ष रामचन्द्र भण्डारी,सचिव निम बहादुर सुनार,उप-सचिव मेख बहादुर सुनार र बसन्त बस्नेत रहनुभएको छ ।
सो अधिवेशनबाट झिमरुक गाउँपालिकाको सबै वडाबाट प्रतिनिधित्व हुने गरी ६५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको जनाइएको छ । 
सो अधिवेशनको उद्घाटन नेकपा(एमाले)पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले गर्नुभएको थियो  र जिल्ला अध्यक्ष बिजय बिराज बिष्ट को विशिष्ट आतिथ्यमा भएको थियो ।
जिल्लाभरका पालिकामा मंसिर १५ गतेसम्म पालिका अधिबेशन गर्ने गरि एमाले प्यूठानले मिति तय गरेको छ ।