नेवार समुदायको ऐतिहासिक "भैरव नाच" प्युठानमा देखाइयो दर्शक बने "उत्साहित" (फोटो फिचर)

नेवार समुदायको ऐतिहासिक "भैरव नाच" प्युठानमा देखाइयो दर्शक बने "उत्साहित" (फोटो फिचर)

राम बहादुर बिश्वकर्मा
प्युठान,लायन्स क्लव अफ प्युठानको आयोजनामा नेवार समुदायको ऐतिहासिक,पौराणिक,धार्मिक तथा सांस्कृतिक भैरव नृत्य प्रस्तुति सम्पन्न भएको छ।
मङ्गलबार प्यूठान नगरपालिका वडा नम्बर ३ र ४ को सहयोगमा लातेबाज भैरव समाज भुमिकास्थान नगरपालिका-८अर्घाखाँचीको टोलीले प्युठान नगरपालिका वडा नम्बर ३ जुम्रीमा नेवारी समुदायमा प्रचलित भैरव नृत्य प्रस्तुति गरेको हो।
प्यूठानमा नेवारी समुदायको बाक्लो बस्ती भए पनि यो नाच नाचिदैन आफ्नो गाउँठाउँको संस्कृति संरक्षण गर्ने तथा अर्घाखाँची र प्युठान बीच संस्कृति आदानप्रदान गर्ने उद्देश्यले प्युठानमा नाच ल्याइएको लायन्सका सल्लाहकार अर्जुन कुमार कक्षपतिले जानकारी दिनुभयो।
जिल्लामा सीमित रहेको फरक किसिमको भैरव नाचलाई प्रचारप्रसार गर्न र संस्कृति आदान–प्रदान गर्न प्युठानमा भैरव नाच प्रदर्शन गरिएको भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाच लातेबाज भैरव समाजका संयोजक राजकुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार धार्मिक आस्था एवं रोचक भए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा रहेकोले यसको जर्गेना गर्न जरुरी रहेको उहाँले बताउनु भयो।
‘भैरव नाच ऐतिहासिक नाच हो,हामीले यो नाच प्युठानको जुम्रीमा प्रदर्शन गरेका छौँ,’उहाँले भन्नुभयो-" ‘ऐतिहासिक जात्रा–पर्वहरूलाई संरक्षण गर्न हामीले यसको प्रचारप्रसार पनि गरेका हाैँ।’ 
भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कात्तिक औंशीसम्म नाचिने उहाँको भनाई छ।
भैरव नाचलाई अर्घाखाँची जिल्लाको ऐतिहासिक, पौराणिक,धार्मिक तथा सांस्कृतिक नाचका रूपमा लिइन्छ । जिल्लाका केही मठ–मन्दिरहरूमा यो नाच हरेक वर्ष प्रदर्शन गरिन्छ ।यसप्रकारको नाचमा करिब १० किलोको मखुन्डो भिरेर र डङ्किनीलाई साथमै लिएर लगातार तीन घन्टासम्म प्रदर्शन गरिन्छ । यस हिसाबमा पनि अर्घाखाँचीको भैरव नाच फरक मानिन्छ ।

तस्बिर : यसरी प्रदर्शन गरिन्छ नेवार समुदायको ऐतिहासिक भैरव नाच


नाच प्रदर्शन गर्दा भैरवको स्वरूपमा लगाइने कालो मुकुटलाई शिवजीको प्रतीक मानिन्छ भने रातो मुकुट देवी र सेतो मुकुट गणेशको प्रतीकका रूपमा रहेका छन् ।
भैरवलाई नेवार समुदायले आफ्नो इष्ट देवताका रूपमा पनि पूजा गर्ने भएको र यो तान्त्रिक विधिबाट नाच शुरू गरिने भएकाले नेवार समुदायमा भैरवको भाकल गर्ने चलन पनि छ ।जस्तै कसैको सन्तान प्राप्ति,कुनै ‘फल’प्राप्ति वा लक्ष्य पूरा गर्न भैरवलाई बलीसहितको पूजा वा भेटी चढाउने परम्परा रहेको छ ।
नेवारी सभ्यता र संस्कृति तथा अर्घाखाँचीको सभ्यता र संस्कृतिलाई कसरी जोड्न सकिन्छ र कसरी पारस्परिक सम्बन्ध विकास गर्न सकिन्छ भन्ने उद्देश्यले भैरव नाच प्युठान जिल्लामा प्रदर्शन गरिएको लायन्स क्लब अफ प्युठानका पुर्ब अध्यक्ष बालाजु श्रेष्ठले बताउनुभयो।नेवार समुदायको नाच भए पनि यस नाचमा विभिन्न जातीका मानिसको सहभगिता रहने भएकाले यसले एक किसिमको जातीय सद्भावसमेत कायम गर्दै आएको श्रेष्ठले बताउनुभयो।
अर्घाखाँची सन्धिखर्कका युवाले पहिलो पटक यो नाच  प्युठानमा लिएर आएको पनि उहाँको भनाई छ।
प्युठानमा भैरव नाच देखाउन प्युठान नगरपालिका, वडा नम्बर ३ र ४,विभिन्न ब्यबसायी डाक्टर,समाजसेवी लगायतले पनि सहकार्य गरेको लायन्स क्लब अफ प्युठानका कार्यबहाक अध्यक्ष नवीन कुमार श्रेष्ठले जानकारी दिनुभयो।उहाँले प्युठान र अर्घाखाँची बीच नेवारि  समुदायका कला,सांस्कृतिक परम्पराको संरक्षण तथा प्रबर्द्गधन गर्दै जाने र दुई जिल्ला लाई कला संस्कृतिसँग जो‍डेर पर्यटन प्रवर्द्गन गर्दै जाने प्युठानिहरुको उद्देश्य रहेको बताउनुभयो ।
मङ्गलबार प्युठान नगरपालिका वडा नम्बर ३ जुम्री बसपार्कमा प्रर्दशन गरिएको ‘भैरव नाच’ हेर्न हजारौ दर्शकहरुको खचाखच उपस्थिती रहेको श्रेष्ठले बताउनु भयो ।
एक समारोहका बीच लुम्बिनी प्रदेश शभा सदस्य तथा पुर्ब मन्त्री तुल्सिराम शर्माले ‘भैरव नाच’ को शुभारम्भ गराउनु भएको हो । सो अवसरमा शर्माले पृथक शैलीको यस नाचको प्रवद्र्धन गर्न सकिएको खण्डमा आन्तरिक पर्यटनको प्रवद्र्धन हुनुका साथै नेवार समुदायको सांस्कृतिक सम्पदाको संरक्षण हुने बताउनु भयो। कार्यक्रममा विशेष अतिथीका रुपमा लुम्बिनी प्रदेश शभा सदस्य धनलक्ष्मी श्रेष्ठ,प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठ,वडा नम्बर ४ का  वडा अध्यक्ष रेशम कार्की,नेपाल पत्रकार महासंघ प्युठान अध्यक्ष सन्जय रिजाल लगाएतको सहभागिता रहेको "भैरव नाच’हेर्नका लागि जुम्रीमा दर्शकहरुको उपस्थिती उत्साहाजनक रुपमा रहेको थियो।