सीता बि.क
प्युठान,प्युठानका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुबेदि)ले जिल्लाको शान्ति,सुरक्षा र सुशासनलाई चुस्त राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ।
जिल्ला प्रशासन कार्यालय प्युठानमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले पत्रकार र प्रशासन एकअर्काको परिपुरक रहेको भन्दै सुमधुर सम्बन्ध हुनुपर्ने आबश्यकता रहेको बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रम बोल्दै प्रजिअ आचार्यले जिल्लामा शान्ती सुरक्षा तथा सुशासन कायम राख्नका लागि पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रशासनबाट हुने कमिकमजोरीलाई पत्रकारहरुले निरन्तर खबरदारी गरेमात्र खराव बाटोमा हिड्नेहरु ठूलो दुर्घटनाबाट जोगिने भन्दै उहाँले त्यसका लागि प्रशासन र पत्रकार विचको सहकार्यलाई प्रगाढ बनाउनमा कमि हुन नदिने बताउनुभयो ।
जिल्लाको शान्ति,सुरक्षा र सुशासन कायम राख्न तल्लिन रहनेछु : प्रजिअ आचार्य
प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी र भूमिका नै बहुआयामिक खालको हुन्छ जिल्ला भरीको शान्ति सुरक्षा,नागरिक सेवा प्रवाह,विपद व्यवस्थापन, विकास निर्माण, संघ,प्रदेश र स्थानीय तहबीच सौहार्द वातावरण निर्माण आदिका सन्दर्भमा प्रमुख जिल्ला अधिकारीले कमाण्ड,कन्ट्रोल र कोर्डिनेसनमा आफुलाई उत्कृट देखाउनुपर्ने विषय अलि चुनौतीपूर्ण भएपनि त्यसलाई अवसरका रुपमा उपयोग गर्न सकिन्छ होला भन्ने आशा छ।उहाले भन्नुभयो।"कार्यालयमा काम सुरु गरे संगै जिल्लाका राजनीतिक दलहरु,जनप्रतिनिधिहरु,नागरिक समाज,संचारकर्मी सबैसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने र जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन कायममा आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै आफु यहा रहदा महिलाहरुको हक हित सँगैे महिला,जेष्ठ नागरिकहरुका लागि कार्यालयमा सहज पुहँचका लागि आफ्नो प्रयास रहने छ पहिलो पटक जिल्लामा आएको कारण धेरै कुरा बुझ्न बाँकी रहेको र केही दिन आफुले अध्ययन गर्ने पनि आचार्यले बताउनुभयो।
जिल्लाका क्रियाशिल सन्चारक्रमी सङ्ग भेटघाटमा नव आगन्तुक प्रजिअ आचार्य
प्युठानमा अस्पतालमा रहेको बेथिति,सडक दुर्घटना,आत्महत्या,बालबिबाह,विधुत समस्या, खुलेआम अखाद्य बस्तुको विक्री वितरण,फोहर व्यवस्थापन,सरकारी कार्यालयमा हुने ढिलासुस्ती, कर्मचारी अभाव,लागु औषधको विक्री तथा युवापुस्तामा पारेको प्रभाव,हत्या तथा अपराधीक घटनामा भईरहेको वृद्धिले शान्ति सुरक्षामा चुनौती लगायतका बिषयमा पत्रकारहरुले प्रजिअ आचार्यको ध्यानाकर्षण गराएका थिए । पत्रकारहरुले दिएको सुझावलाई गम्भीरतापुर्वक लिएको बताउदै प्रजिअ आचार्यले क्रमशः कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सन्जय रिजाल सहित जिल्लामा कृयाशिल सन्चारकर्मीको उपस्थिति रहेको थियो।
आचार्य गृह मन्त्रालय बाट सरुवा भएर नयाँ प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय प्युठानमा ४५ औं प्रजिअ को रुपमा हाजिर हुनुभएको हो।प्रमुख जिल्ला अधिकारी भएर प्युठान आउने मा आचार्य महिला दोस्रो व्यक्ति हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्