राम बहादुर बिश्वकर्मा
प्युठान,सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले किसानको बारीमै पुगेर किसानको समस्या बारे जानकारी लिएका छन्।आइतवार बिहान गाउँपालिकाको वडा नम्बर १ बाङ्गेशालका किसानको बारीमै पुगेर किसानको समस्या,आवश्यकता र अवस्था बारे जानकारी लिन तथा गाउँपालिकाले हालसम्म कृषि क्षेत्रसँग सम्बन्धित बनाइएका नीति तथा कार्यक्रमको प्रभावकारिताबारे जानकारी लिन किसानको खेतबारीमै पुगेर गाउँपालिका अध्यक्ष बिश्वकर्माले किसानको गुनासो सुनेको प्रबक्ता चिन्त सोमैले जानकारी दिए।
जसले गर्दा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि आफ्ना बारीमा आउँदा किसान समेत आशावादी बनेका छन्।
तस्बिर :किसानका गुनासा सुन्दै सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा
सरुमारानी १ बाङ्गेशालमा कृषकको अवस्था बुझ्न गएका अध्यक्ष सहितको टिम सङ्ग किसानहरूले यस्तो गुनासा राखेका छन्,‘गाउँपालिकाकाे सहयोग बाट सिचाइ पाेखरी निर्माण पनि गरियो तर अन्य तालिम,प्राविधिक सहयोग र कृषि संग सम्वन्धित अन्य थप सुविधा पाइएको छैन।"
त्यस्तै सरुमारानी १ बाङ्गेशालका किसान अर्जुन कुमालले स्थानीय सरकारका प्रमुख,प्रबक्ता सहितको टिमले किसानको अवस्थाबारे जानकारी लिन खेतबारीमै आउँदा सिंहदरवार नै आए जस्तो लागेको बताए।
साथै किसानको वास्तविक अवस्था र समस्या बुझेपछि जनप्रतिनिधिले सो विषय आगामी बजेट,नीति तथा कार्यक्रममा समावेश गरे मात्र किसानसँगको भेटको अर्थ हुने उनको भनाई छ।
१२ राेपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेति गर्दै आएका अर्जुनको फार्ममा अहिले गौरव जातका टमाटरकाे ४ सय बेर्ना र शिल्भर कप ६० र काउली ३ सय बेर्नाको नर्सरी तयार छ।
किसानले कस्ता कार्यक्रमको अपेक्षा गरेका छन् र अवस्था के छ भन्ने थाहा पाउन वास्तविक किसान समक्ष पुगिएको गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताए।गाउँपालिकाले वितरण गरेको अनुदानको उपलव्धि,अनुदान नपाएका किसानको अवस्था तथा उनीहरूको आवश्यकता बुझ्न किसानकै खेतीबारीमा पुगेको अध्यक्ष बिश्वकर्मा बताउछन्।
गाउँपालिकाभित्र ६ वटा वडा रहेको र प्रत्येक वडामा कुनै न कुनै बस्तुको उत्पादन हुने भएकोले अबका वर्षहरूमा त्यही अनुसारको बजेट बनाउन पहल गरिनेछ।किसानको जिज्ञासालाई ख्याल गर्दै अध्यक्ष बिश्वकर्माले अब सरुमारानीका किसानले उत्पादन गरेको कुनै पनि बस्तु खेर जाने छैन।’किसानले गरेका हरेक गतिविधिको निगरानी गाउँपालिका बाट गर्ने,किसानलाई कस्तो प्रविधि आवश्यक पर्छ त्यसको व्यवस्था गर्ने, हरेक किसानलाई आत्मनिर्भर बनाउने,बजारीकरणका लागि समेत गाउँपालिकाले ध्यान दिने र उचित संयन्त्र बनाएर किसानले उचित मूल्य पाउने वातावरण बनाउन प्रतिबद्ध रहेको बताएका थिए।
आफू दोस्रो कार्यकाकाल सम्म पालिकामा निर्वाचित भएर आएपछि किसानहरूका समस्या नजिकबाट नियालेको बिश्वकर्माले बताए।
त्यस्तै कृषिलाई व्यावसायीकरणका लागि आधुनिक कृषि अहिलेको आवश्यकता रहेको गाउँपालिकाका कृषि अधिकृत इश्वर जि सि बताए।उनका अनुसार सरुमारानी गाउँ पालिकामा १ सय २ वटा वटा कृषि समूह छन्,गाउँपालिकाको २ वटा वडामा धान,गहुँ र तोरी र ४ वटा वडामा मौरी,अदुवा, बेसार पकेट क्षेत्र छन् यसलाई ब्यबस्थित गर्दै लगिने लक्ष्य कृषि शाखाले लिएको छ।पालिका भित्रका ३६ वटा पकेट क्षेत्रका बिउ वितरण गर्दै आएको छ।किसानको उत्पादनलाई हेरेर पोलिहाउस,हाते ट्रयाक्टर लगायतका सामग्री दिएको छ।सिँचाइका लागि पोखरी,पाइपको व्यवस्थापन गरिएको छ।
कृषि क्षेत्रको विकासले उत्पादनमा वृद्धि, निर्यात प्रवर्धन,रोजगारी सिर्जना,गरिबी न्यूनीकरण एवं समावेशी तथा सन्तुलित विकासमा महत्वपुर्ण योगदान गर्न,दिगो आर्थिक वृद्धि र विकास कायम गरी आर्थिक सामाजिक रूपान्तरण गर्न स्थानीय तहले कृषिमा लगानी गर्नुपर्ने उनको भनाई छ।
प्रतिक्रिया राख्नुहोस्