कठै मेरी बुढादेबी ! यसरी रोहिरहेछिन बुढादेबी !!

सीता बि.क 
चूनौति,कठिनाई र प्रकोप संसारका सबै मानिसले भोग्नु नै पर्छ। धर्तिमा कहिले भुकम्पले थर्काउँछ त कहिले बाढिले बगाउँछ।कहिले मध्यान्ह रातको मीठो निद्रामाको समयमा स्थानियलाई आतंकित बनाउँछ। 
यस्तै यस्तै समस्या मध्ये बर्षातको समयमा हुने घटना भनेका गाडी दुर्घटना,बाढी पहिरोका घटना बढी नै हुने गर्दछ्न।यस्ता घटना खेप्नु भनेको अधिकान्स मानबिय कारण नै प्रमुख बनेको देखिन्छ।अहिले यस्तो पीडा,प्युठान नगरपालिका वडा नम्बर ९ र १० मरन्ठाना स्थित बुढादेबिका बाढिपिडितले भोग्नुपरेको हो।

तस्बिर : प्युठान नगरपालिका वडा नम्बर ९ र १० को सङ्गम,बाढी ग्रस्त बुढादेबी क्षेत्र 

धार्मिक,प्राकृतिक,सास्कृतिक महत्वले भरिपुर्ण उक्त क्षेत्रको इतिहास लामो रहेको जानकारहरु बताउँछन।सोही कारण उक्त क्षेत्रको गरिमा अहिलेसम्म ताजै छ। तर बर्सेनि आउने बाढिले गर्दा यतिबेला बुढादेबी रोइरहेकी छिन्।जसले गर्दा स्थानीय पिडैपिडाले बिछिप्त बनेका छन।जब आकासमा बादल मडारिएर आउँछ,तब बुढादेबी डरले त्रसित हुन्छिन।स्थानीयको गास,बास र कपास बाढिले बगाइदिएर घरबास बिहिन भए सङ्गै स्थानिय छटपटाइरहदा अहिले उनी रोइरहेकी छिन।

उक्त सन्दर्भमा आधारित  एक श्लोक प्रस्तुत :

कठै मेरी बुढादेबी ! यसरी रोहिरहेछिन बुढादेबी !!

बुढादेबीमा.....

बस्ने बास नहुँदा
खाने गाँस नहुँदा
लगाउने कपास नहुँदा
जहिले पनि आँखाबाट आँसु निकाल्दै
रोहिरहेकि छिन बुढादेबी!

कठै मेरी बुढादेबी 

गरीबका घरहरु भत्किदै गर्दा
अनि सरकारसंग गुहार माग्दा
सरकार सुनसान हुँदा
कसैले केही कुरा नसुन्दा
रोहिरहेछिन बुढादेबी!!

बाढिले बितण्डा मच्चाउदा 
समयमै साबधानी नअपनाउदा १३ बर्षिय बहिनी सबिना घर्ति लाई गुमाउदा
आँखाबाट आसु बगाउदै
रोइरहेकि छिन बुढादेबी !!!

धन्यवाद !