जन्मदिनको अबसरमा भण्डारीले गरे भानु पुस्तकालयमा सहयोग 

सीता बि.क
प्युठान,पछिल्लो समय जन्मदिनलाई प्राथमिकता दिने जमात बढ्दै गएको छ।जन्मदिनमा विभिन्न परोपकारी काम,सहयोग,अन्य सामाजिक कार्य गर्नै चलन बढ्दै गएको छ।
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक सेवा र परोपकारी काम गर्ने चलन स्थापित भएको हो।जस अनुसार,प्युठानका एक ब्यक्ती जसले जन्मदिनमा फरक काम गरेका छन् ।
प्युठान नगरपालिका वडा नम्बर ४ बिजुवार निवासी लोकमणि भण्डारीले आफ्नो जन्मदिनको अबसरमा प्युठान नगरपालिका वडा नम्बर  - ३ स्थित जुम्री रातामाटामा रहेको जिल्लाकै पुरानो र महत्त्व बोकेको भानु पुस्तकालयलाइ ब्यबस्थित पुस्तकालय बनाउने अभियान अन्तरगत "भानु पुस्तकालयमा पुस्तक संकलन तथा ब्यबस्थापन "मा सहज होस भन्ने उद्देश्यले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन।
जन्मदिनको खुशी बाँढ्न पुस्तकालयमा नगद सहयोग गरिएको लोकमणि भण्डारीले बताए। सामाजिक कार्य गरेर जन्मदिनलाई पुण्यको दिन बनाउने योजनाका साथ सहयोग गरिएको उनले बताए । 
प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले जन्मदिनको अवसर पारेर सामाजिक कार्य गर्नु सराहनीय रहेको बताउँछन् ।
अरुलाई बदल्नु छ भने राम्रा,असल र सकारात्मक पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्नेमा जोड दिए।जन्म दिनमा हुने फजूल खर्चलाई कटौति गर्दै सामाजिक क्षेत्रमा सहयोग गर्नु सकरात्मक कार्य भएको प्रतिक्रिया दिदै प्युठान नगरपालिकाका प्रबक्ता समेत रहेका श्रेष्ठले जन्मदिनलाई परोपकारी कार्य र सामाजिक कार्यमा जोड्न सकेमा सवैभन्दा पुण्य कमाई हुने बताए। आधुनिकता संग–संगै जन्म दिन पछिल्लो समय भड्किलो र प्रतिस्पर्धात्मक बन्दै गएको समयमा जन्म दिनलाई रचनात्मक तरिकाले मनाउन उदाहरणीय काम भएको धारणा व्यक्त गर्दै उनले जन्म दिनको अवसरमा महँङ्गा उपहार र भव्य पार्टीको आयोजना गरी गरिने फजुल खर्चको सट्टा सामजिक क्षेत्रमा गर्नु पर्नेेमा जोड दिए।
ज्ञानको भण्डारलाई बढाउन,सोचलाई शक्तिमा बदल्नको लागि पठन संस्कृतिलाई अबलम्बन गर्नु नै पर्दछ। सुन्ने किताब,पढ्ने किताब,हेर्ने किताब र देख्ने किताब मध्ये जुन किताब आफ्नो लागि उपयुक्त हुन्छ त्यसैलाई अध्ययन गर्न पाउने गरी भानु पुस्तकालय लाई ब्यबस्थित बनाउनमा सबैको ध्यान केन्द्रित गराउन समेत आफू लागि परेको उनको भनाई छ।
भण्डारी नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखा प्युठान नगरपालिकाका शाखा सभापति समेत रहेका छन्।