राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माले सहकारी व्यवस्थित र आलोचना मुक्त गराउन सञ्चालक संगै व्यवस्थापकहरुकाे महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको आयोजना,प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड लुम्बिनी प्रदेश र प्युठान जिल्ला बचत ऋण सहकारी संघ प्युठानको संयोजनमा शनिबार जुम्रीमा भएको साकोष संजाल ब्यबस्थापन अभिमुखिकरण कार्यक्रममा बोल्दै उप-प्रमुख वर्माले यस्तो बताउनुभएको हो।
देवेन्द्र वर्मा : उपमेयर,प्युठान नगरपालिका,प्युठान
सहकारी सदस्यहरुको स्वनियम स्वशासन र स्वनियन्त्रीत सदस्य केन्द्रीत व्यवसाय हो।‘एकका लागि सबै,सबैको लागि एक’अवधारण सहकारी संचालन हुुुनुपर्दछ।तर सहकारी,संचालक केन्द्रीत हुँदा सहकारीमा समस्या गहिरिएको छ । उहाँले भन्नुभयो -"जसले गर्दा सहकारी सदस्यको नभई सहकारी संचालकको नीजि व्यवसायको रुपमा संचालित हुदाँ समस्या विकराल बनेको छ।"
त्यस्तै सहकारीका ब्यबस्थापक र संचालक व्यक्तिगत स्वार्थमा पर्दा सदस्यको बचत जोखिममा परेको छ। उहाँले थप्नुभयो-"हाल सहकारीमा देखिएका समस्याहरुमा ब्यबस्थापक पनि उत्तिकै जिम्मेवार हुनुपर्छ जनतासँग प्रत्यक्ष जाेडिएकाे सहकारी बदनाम हुनमा शेयर सदस्यहरुकाे भने कुनै भूमिका हुँदैन।"सहकारी समस्याका मुख्य जिम्मेवार संचालक र ब्यबस्थापकको ठूलो भुमिका रहन्छ।"
भोज बहादुर बस्नेत : अध्यक्ष बचत तथा ऋण सहकारी जिल्ला संघ,प्युठान
प्युठान जिल्ला बचत ऋण सहकारी संघका अध्यक्ष भोज बहादुर बस्नेतले सहकारीमा समस्या देखिनुमा सरकार प्रमुख जिम्मेबार पक्ष रहेको बताउनुभयो।
सरकारले अन्धधुन्द सहकारी दर्ता गर्ने तर अभिलेख व्यवस्थापन गर्न समेत नसक्ने बिडम्बनाको कुरा हो अध्यक्ष बस्नेतले थप्नुभयो-" सरकारले दर्ता गरेका सहकारीमा सरकारको नियन्त्रण र अनुगमनमा छैन ।
यो जस्तो लाजमर्दो कुरा के होला ? तसर्थ सहकारी दर्ता गर्ने तर त्यसको जिम्मेवारी नलिने भन्ने प्रश्न नै आउँदैन।सहकारीका समस्यामा सरकार गम्भिर हुनैपर्छ।समस्या समाधानका लागि सरकारले जिम्मेवारी लिनै पर्छ।"
सहकारी सेयर सदस्यले ऋण लिएर अनुत्पादक क्षेत्रमा लगानी गरेपछि ऋण फिर्ता गर्न नसक्नुले पनि सहकारीमा बिकराल समस्या निम्तिएको उहाँको भनाई छ।
प्रकाश बैद्व : ब्यबस्थापक,बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्था,प्युठान
सहकारी बिज्ञ तथा बिजय फुलबारी बचत तथा ऋण सहकारी संघका ब्यबस्थापक प्रकाश बैद्दले सहकारी संस्थाका सदस्यहरूले सहकारीका सर्वव्यापी सिद्धान्त,मूल्य मान्यता,लक्ष,उद्देश्य र कार्यक्रम अनुसार व्यवहार नगर्दा सहकारीमा समस्या आउन सक्ने बताउनुहुन्छ।हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधानको मुख्य दवाई भनेको सहकारी सिद्धान्त अनुसारको व्यवहार सहकारी संस्थाहरु र सहकारीका सदस्यहरूले गर्नु हो,नीति भन्दा बाहिर गएर ऋण लगानी गर्दा सहकारी अप्ठ्यारोमा पुगेका हुन्। ब्यबस्थापक बैद्दले भन्नुभयो "सहकारी सिद्धान्त अनुसारको व्यवहार नै हाल सहकारी क्षत्रमा देखिएका समस्या समाधानको अर्गानिक उपचार हो।"
सहकारीमा बारम्बार समस्या देखिनुमा सरकार, सहकारी अभियान,संचालक,सदस्य,कर्मचारी सबै आफ्नै क्षेत्रबाट जिम्मेबार हुनुपर्छ तसर्थ सबै पक्षले आआफ्नो जिम्मेबारी निर्बाह गर्ने हो भन्ने सहकारीको समस्या दिर्घकालीन समाधान गर्न सकिने उहाँको भनाई छ।
शुसिल पोख्रेल ,अध्यक्ष : जिल्ला सहकारी संघ,प्युठान
त्यस्तै जिल्ला सहकारी संघका अध्यक्ष सुशील पोख्रेलले नेपालमा सहकारीलाई अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बा मानिँदैै आएपनि साना सहकारीले बैङ्कहरुसँग प्रतिस्पर्धा गर्न सक्ने,बैङ्कको तहमा रहेर आफ्ना सदस्यहरूलाई ऋण तथा सेवा दिन नसकिरहेको बताउनुभयो ।
सहकारी सङ्ख्या मात्र धेरै भए तर आफ्ना सदस्यलाई चाहिए जति लगानी गर्न नसक्ने अवस्था सिर्जना भएकोले अब सहकारी मर्जरको बिकल्प नभएको बताउनुभयो।
नेपाल बचत तथा ऋण सहकारी संघ लि.केन्द्रीय समिति बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले नियमनकारी निकायको कमजोर नियमन र सहकारीहरूको अव्यावसायिक चरित्रले सहकारीमा समस्या सिर्जना भइरहेको बताउनुभयो। नियामकको फितलो उपस्थितिले केही सहकारी सञ्चालकको बदमासी बढेको छ।यसबाट सिंगो सहकारीले बदनामी भोग्नुपरेको उहाँको भनाई छ।
दामोदर अधिकारी,वरिष्ठ उपाध्यक्ष : नेपाल बचत तथा ऋण सहकारी संघ लि. केन्द्रीय समिति
उकार्यक्रममा नेफ्स्कुन दाङ कार्यालयका इन्चार्ज बिष्णु दत्त जोशिले सहजीकरण गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्