नमस्ते प्युठान यातायात प्रालीको थप सेवा,अव एसी बसमा सरर प्यूठान-काठमाण्डौँ

नमस्ते प्युठान यातायात प्रालीको थप सेवा,अव एसी बसमा सरर प्यूठान-काठमाण्डौँ

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान बाट काठमाण्डौ का लागी आरामदायिक सुबिधा सम्पन्न एसी बस सेवा शुरुवात गरिने भएको छ । 
नमस्ते प्यूठान यातायात सेवा प्रालिद्धारा सञ्चालित एसी डिलक्स सेवा सहितको बस भोलि शुक्रबार एक कार्यक्रमका बीच शुभारम्भ गरिने पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा प्रालिले जानकारी गराएको हो । 


अब प्युठानको सदरमुकाम खलंगाबाट सिधा काठमाडौँ सम्मको यात्रा एसि डिलक्स बसबाट गर्न सकिने छ।राजनितिक तथा सामाजिक क्षेत्रमा   महत्वपुर्ण योगदान दिएका युवाहरुको जमातबाट सञ्चालन गरिएको व्यवसायिले सेवाग्राहिहरुको माग अनुसार सञ्लाक समितिको लामो तयारी पछि एसी सहितको गाडी सञ्चालनमा आएको हो।

 

प्रालिले प्युठान बाट काठमाडौंका लागि नयाँ बस सेवा थप गरेको हो।टिकुरी बस पार्कबाट  काठमाडौंका लागि छुट्ने बस सेवाको उद्घाटन गर्ने कार्यक्रम लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री तुल्सीरामले गर्ने तय भएको प्रालिका महासचिव मुकेश थापाले जानकारी गराउनुभयो।
पहिलो चरणमा तीन वटा एयर सस्पेन्सन बस मार्फत यात्रुहरुलाई सेवा दिन लागिएको छ भने दुई वटा बस तयार हुँदै गरेको प्रालिका कार्यालय प्रमुख दिल बहादुर दसौदीले बताउनुभयो ।
यसी डिलक्स बस सेवा सुचारु सँगै जिल्लामा आउने जाने यात्रु एवं पर्यटकहरुलाई सुबिधायुक्त सेवा प्रदान गर्ने नमस्ते प्यूठान यातायात सेवा प्रालि यातायात प्रालि अध्यक्ष लिलापजङ के सि ले बताउनुभयो ।
साथै जिल्लाभर सडक बिस्तार हुँदै गए आफ्ना सेवाहरूलाई त्यहीँ बिस्तार गर्ने उहाँले प्रतिवदता व्यक्त गर्नुभएको छ। फोल्डिङ्ग सिट,एसि सुबिधा सम्पन्न,शिष्टाचार व्यवहार,खाजा खाना राम्रो ठाउँमा खुवाउने,सुरक्षित तथा आरामदायी यात्राका लागि एसि बस प्युठान बाट प्रत्येक दिन साझ ५:३० बजे काठमाडौंका लागि छुट्ने नमस्ते यातायात प्रालिका अध्यक्ष के सि बताउनुभयो।

तस्बिर :यी हुन प्युठान देखि काठमाडौ सम्म सरर गुड्ने एसि सहित सुबिधा सम्पन्न डिलक्स बस


खलंगादेखि काठमाण्डौँसम्मको भाडा १ हजार ९ सय ५० रुपैयाँ तोकिएको छ । 
युवापुस्ताले सञ्चालन गरेको व्यवसायमा थप बिस्तार भएको प्रति यतिबेला यात्रुलाई खुसियाली छाएको छ।