उपभोग्य बस्तु खरिद गर्न किराना पसलहरु  खुला

दाङ ।जिल्ला प्रशासन कार्यालय दाङले सर्वसाधारणका लागि दैनिक उपभोग्य बस्तु खरिद गर्न किराना पसलहरु  खुल्ला गर्ने भएको छ । सरकारले जारी गरेको लक–डाउनको समयमा नागरिकलाई सहज रुपमा खाद्यान्न उपलव्ध गराउँन खाद्यान्न तथा  किराना पसलहरु खुला गर्ने भएको हो  प्रत्येक दिन  बिहान ६ देखी ९ बजे सम्म पसलहरु खुला गर्ने प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो । कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आज  देखि  चैत्र १८ गते बिहान ६ बजे सम्मका लागि दैनिक तीन घण्टा तरकारी तथा खाद्यान्न खरिद गर्ने समय निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।