सीता बि.क
प्युठान,ग्रामिण महिलालाई उद्यमशिल बनाई स्थानीय स्तरमा स्वोजगार बनाउने उद्देश्यले सन्चालन गरिएको अचार बनाउने तालिम समापन गरिएको छ।
सरुमारानी गाउँपालिकाकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम(मेड्पा)अन्तर्गत उधमशिलता तालिम प्राप्त गरेका ब्यक्तिहरुका लागि आयोजना गरेको ५ दिने अचार बनाउने तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो।
ग्रामिण क्षेत्रका स्थानीयलाई स्थानीय स्रोत साधनको प्रयोग हुने कच्चा पदार्थमा अधारित उद्योग स्थापना गर्न उक्त सिपमुलक तालिम दिएको हो।
समापन कार्यक्रममा बोल्दै सरुमारानी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नर बहादुर घर्तीले स्थानीय स्तरमा उपलब्ध हुने सामग्रीलाई सदुपयोग गर्न सके रोजगारीका लागि भौतारिन नपर्ने धारणा राख्नुभएको थियो ।
तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न समेत अध्यक्ष घर्तिले आग्रह गर्नुभयो।
गाउँका अधिकाशं युवाहरु रोजगारीका लागी बिदेश पलायन भई रहेका बेला ग्रामिण क्षेत्रमा स्थानीय स्तरमा पाईने कच्चा पदार्थमा आधारित सिप ज्ञान दिई स्थानीय स्तरमा साना उद्योग संञ्चालन गर्न वडाबासीलाई सिपमुलक तालिम दिएको सरुमारानी गाउपालिकाले जनाएको छ।
गाउँमा रहेका कृषीमा आधारित कच्चा पदार्थहरु खेर गई रहेका बेला गाउँपालिकाले स्थानीय उत्पादनमा आधारित अचार बनाउने तालिम आयोजना गरेकोमा तालिम सहभागीले खुशी ब्यक्त गरेका छन् ।
तालिममा गाउघरमा उपलब्ध आँप,मासु, निउरो,लसुन,गाजर अदुवा ,खुर्सानी मुला,अदुवा, खुर्सानी लगायतका सामाग्रीहरुको अचार बनाउने अभ्यास गराइनु साथै लघु उद्यम स्थापना गर्न समेत सिकाएको थियो ।
तालिमको सहजीकरण महिला उद्यमी इन्द्रा गुरुङले गर्नुभएको थियो भने समापन कार्यक्रमको संचालन उद्यम बिकास सहजकर्ता सीता बि.क ले गर्नुभएको थियो।
गाउँपालिका मार्फत महिलाहरुलाई सिलाई कटाई तालिम ,चप्पल बनाउने तालिम समेत प्रदान गर्दै आएको छ।
प्रतिक्रिया राख्नुहोस्