प्युठान,मुग्लिङ-नारायणघाट सडक खण्डको दासढुङ्गा नजिकै यात्रुबाहक बस र मालबाहक ट्रक एज आपसमा ठोक्किएर रात्री बसमा सवार यात्रुहरु केहि घाइते भाएका छन् । सोमबार राती काठमाडौंबाट प्युठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको यात्रुबाहक बस बिपरित दिसाबाट आउदै गरेको मलावहाक ट्रकसँग एक आपसमा ठोक्किएर यात्रुहरू घाइते भएको चन्द्रमान श्रेष्ठले जानकारी दिनुभएको छ । दुर्घटनामा परि घाइते यात्रुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको जनाइएको छ ।
दुर्घटनामा एक जनाको भने मृत्यु भैसकेको जानकारी प्राप्त भएको चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । घाइतेको एकिन नभैसकेको श्रेष्ठले जानकारी दिनुभयो । मृतकको पहिचान भने खुलेको छैन । दुर्घटना बारे थप विवरण आउन बाकी छ । अहिले घटना स्थल प्रहरी पुगेको बताइएको छ ।
दुर्घटना भएको सूचना प्राप्त भए लगत्तै चन्द्रमा श्रेष्ठ सहित प्युठानबाट बस ब्यवसायी संघको टोलि घटना स्थलतर्फ जाँदै गरेको उहाँले जानकारी दिनुभयो ।
सम्बन्धित खवर
कलेज खुलेपछि सैयौं विद्यार्थीलाई कोरोना संक्रमण
बड्डाडामा मौरीजन्य सामग्री उत्पादन सम्बन्धि प्रशिक्षण
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्