सिता बि.क
प्युठान,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यूठानले बौद्धिक अपांगता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
६० औं स्थापना दिवसको अबसरमा मंगलबार आयोजित कार्यक्रममा जनता माध्यमिक विद्यालय बाग्दुलामा अध्ययनरत ११ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो।
आर्थिक अवस्था कमजोर भएका बौद्धिक अपांगता बालबालिकाहरुलाइ पढाइमा प्रोत्साहन मिलोस भन्ने उदेश्यले शैक्षिक सामाग्री प्रदान गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यूठानका दिल बहादुर दसौतिले जानकारी दिनुभयो।
जिल्ला अध्यक्ष दिल बहादुर दसौदीको अध्यक्षता एवं नेकपा(एमाले)प्यूठानका अध्यक्ष विजय विराज विष्टको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि ६० औं स्थापना दिवस मनाएको अनेरास्ववियु प्यूठानले जनाएको छ ।
विद्यार्थी आन्दोलनले विजय हाँसील गरेको दिनको रुपमा नेपालमा यसलाई हरेक वर्ष जेष्ठ १ गते मनाइदै आएको छ।स्थापना दिवसको अवसरमा अनेरास्ववियुले काठमाण्डौमा आजदेखी ३ दिने विद्यार्थी महोत्सव आयोजना गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्