विद्यार्थी सगँ ट्राफिक प्रहरी

राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले प्युठान नगरपालिका ३ स्थित मुक्ति माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराएको छ।
ट्राफिक नियम अनुसार सुरक्षित साथ सडकमा हिँड्न तथा बाटाे काट्न विद्यार्थीलाइ ट्राफिक नियमकाे जानकारी गराउदै ट्राफिक नियम पालना नगर्दा हुन सक्ने दुर्घटनाको बारेमा जानकारी दिएको छ। जथाभावी सडकमा हिँड्दा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर ट्राफिक नियमको बारेमा जानकारी दिदै इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी जवान गणेश के सि ले सबैले ट्राफिक नियम पालना गरे सडक दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे ।
बालवालिकामा सबै भन्दा बढी बाटो काट्न समस्या हुनेगरेको देखिन्छ के सि ले भने,‘सवारी साधनमा अपनाउनुपर्ने नियम विद्यार्थीलाई सिकाउदा लाभदायक भएको छ ।’ट्राफिक नियम विद्यार्थीलाई सिकाउदा घर,समाज र भबिष्यलाई समेत यसले दिगो फाईदा हुने देखेर विद्यार्थी सगँ ट्राफिक अभियान चलाएको उनको भनाई छ ।