गड्डाचौकीबाट ६३ हजार  भित्रिए 

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई नाकाबाट  ९५ हजार जना नेपाल भित्रिएका छन् ।कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६३ हजार १ सय ७६ र कैलालीको गौरीफन्टा नाकाबाट ३१ हजार ६ सय ५४ नेपाल भित्रिएको क्वारेन्टाइन कार्यालयले जनाएको छ ।कञ्चनपुरमा फागुन २३ गते देखि हेल्थ डेस्कको स्थापना गरिएको थियो भने कैलालीमा फागुन २२ गते देखि हेल्थ डेस्क स्थापना गरिएको हो ।दुवै नाकामा स्वास्थ्य कर्मीले नेपाल आउने र जानेहरूको परीक्षण गरिरहेका छन् । शनिबार कञ्चनपुरको गड्डाचौकीमा नेपाल आउनेहरूको भीडका कारण स्वास्थ्य परीक्षणमा समस्या परेको थियो शनिबार दिनभरिमा १५ हजार भन्दा बढी नेपाल भित्रिएको कञ्चनपुर क्वारेन्टाइन कार्यालयले जनाएको छ ।कैलालीको गौरीफन्टा नाकाबाट शनिबार मात्रै ५ हजार ४ सय ९५ नेपाल भित्रिएका छन् । गौरीफन्टा नाकाबाट मध्य रातमा समेत नेपाल आएको पाइएको छ ।शनिबार राति १२ बजेपछि पनि नेपाल प्रवेश गर्ने देखिएका क्वारेन्टाइन कार्यालयले जनाएको छ । राति १२ बजे देखि आइतबार दिउँसो १२ बजे सम्म २ हजार २ सय ३२ जना नेपाल प्रवेश गरेको हेल्थ डेस्ककी भाग्यश्वरी खत्रीले बताइन् ।