टेकराज भुसाल
अर्घाखाँची,प्युठान मल्लरानी गाउँपालिका-३ जेविन्डाडा निवासी युवा समाजसेवी तथा नेकपा (माओवादी केन्द्र) मल्लरानी गाउँपालिका उपाध्यक्ष बिष्णु शर्माले जन्मदिनको फजुल खर्च कटाएर घरबारविहीन (बेसहारा)लाई आर्थिक सहयोग गर्नुभएको छ।
युवा समाजसेवी शर्माले आफ्नो ३० औं जन्मदिनको अवसरमा मल्लरानी-२ मधुगैराका घरबारविहीन (बेसहारा) दिनबहादुर नेपालीलाई ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो।
आर्थिक सहयोग हस्तान्तरण गर्दै शर्माले आधुनिकता सँगसँगै जन्मदिनलाई पछिल्लो समयमा भड्किलो र प्रतिस्पर्धात्मक रुपमा लगि समाजमा विदेशी संस्कृति भित्राउने चलन चलेको भन्दै शर्माले आफूले आफ्नो जन्मदिनलाई रचनात्मक तरिकाले मनाएकाे बताउनुभयो।शर्मा राजनीति, समाजसेवा सँगै अर्जुन इङलिस बोडिङ्ग स्कुल भूमिकास्थान ढाकावाङ्गका प्रिन्सिपल र प्युठान डटकम कम्प्युटर संचालन समेत गर्दै आउनुभएको छ।
सम्बन्धित खवर
सरुमारानी गाउँपालिकाको वित्तीय प्रगति ९१.४३ प्रतिशत
प्युठानमा पनि देखियो सलह
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्