राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानको जेठो माध्यामिक बिध्यालय मुक्ति मा बि रातामाटाले आफ्नो ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सोमबार सम्पन्न गरेको छ।
बिधालयको ७२ औ वार्षिक उत्सव र अभिभावक भेला जेष्ठ सदस्य फन प्रसाद भण्डारीको अध्यक्षता मा र प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
यसैबीच विद्यालयको सञ्चालन,रेखदेख र व्यवस्थापनका लागि कुनै पनि अवस्थामा व्यवस्थापन समिति हुनुपर्ने शिक्षा ऐनको प्रावधानलाई बेवास्ता गरेर वर्षौँदेखि विद्यालय चलिरहँदा त्यसले गुणस्तरीय शिक्षण सिकाइ र वृत्तिविकासमा निकै समस्या भइरहेको सरोकारवालाले बताएका छन् ।
बिध्यालयका प्र अ दामोदर बिष्टले निश्चित व्यक्तिले आफूलाई हुने लाभको लेखाजोखा गरी गम्भीरतापूर्वक समिति गठनमा चासो नराखेकाले विद्यालयको मुख्य अभिभावकीय भूमिकामा रहने संरचना नै ओझेलमा परेको बताए । उनले स्थानीय तहले समिति बनाउन परिपत्र गरे पनि त्यसलाई कार्यान्वयन गर्न विभिन्न बहाना देखाएर पन्छिँदा कुनै निकास निस्किन नसकेको बताए।
समितिको अभावमा प्राबिधिक तर्फ २ जना अत्यावश्यक शिक्षक शिक्षिकाको नियुक्ति रोकिएको छ। ‘भौतिक पूर्वाधारदेखि बजेट निर्माण र परिचालन गर्न निकै कठिन भएको छ।
पटक पटक बैठक तथा अभिभावक भेला बोलाएको हो,तर कहिले अभिभावक त कहिले जनप्रतिनिधिको कुरा मिल्दैन,त्यसले गर्दा समिति नै गठन गर्न सकिएको छैन’, प्र अ बिष्टले दुःखेसो पोखे, ‘समिति नबन्दा विद्यालय प्रअको भरमा चलिरहेको छ,करिब एक हजार २ सय ८५ विद्यार्थी अध्ययनरत विद्यालयमा न नयाँ कर्मचारी भर्ती गर्न पाइएको छ न त अन्य गतिविधि संचालन गर्न सकिएको छ।‘दैनिक पठनपाठन रोकिएको छैन, तर समिति नहुँदा कैयन कानुनी र व्यवहारिक समस्या सिर्जना हुन्छन्, समिति भए त सानातिना विवाद र अत्यावश्यक कार्य गर्न सजिलो हुन्थ्यो होला’,बिष्टले भने,‘हामीलाई नै समिति गठन नगरेको आरोप पनि लाग्ने गरेको छ, तर शिक्षक वा प्रअले चाहँदा हुने र नचाहँदा नहुने अवस्था छैन, अभिभावक, राजनीतिक दल तथा ती दलबाट आएका जनप्रतिनिधिले सहयोग गरेमा मात्रै हामीले काम गर्नसक्ने हो।’सङ्घीय संरचनामा गइसकेपछि स्थानीय तहमा पाँच वर्षीय कार्यकाल समाप्त भई अर्को कार्यकाल सुरु भएको पनि एक वर्ष बितिसकेको छ।
अहिले जिल्ला शिक्षा कार्यालय छैन तर आफ्नो क्षेत्रका विद्यालयमा भौतिक सुविधाको बन्दोबस्त र गुणस्तरीय शिक्षण सिकाइको वातावरण निर्माण गर्न स्थानीय तहलाई नै जिम्मेवारी दिइएको छ।शिक्षा ऐनले गाउँपालिका वा नगरपालिकामा शिक्षा समिति र जिल्लामा समन्वय समिति प्रमुखको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारीसहितको जिल्ला शिक्षा समिति बनाउनु पर्ने भनेको छ । यी समिति पनि सोचेअनुरुप सक्रिय हुनसकेका छैनन्।
प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले सामुदायिक विद्यालयलाई सक्रिय,सबल र सक्षम बनाउन विद्यालय व्यवस्थापन समितिको भूमिका अपरिहार्य रहेको बताए।
संघीय ऐनलाई विस्थापित गर्नेगरी स्थानीय ऐन बन्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको र संवैधानिक प्रबन्ध पनि त्यस्तो रहेको श्रेष्ठले बताए।
उनले भने, ‘अधिकारप्राप्त पक्ष र प्रभाव पार्न सक्ने व्यक्तिले आफ्नो अनुकूल समिति नबन्ने अवस्था आएको र अड्को थापेपछि तीन चार पटक भेला भएर पनि समिति गठन नभएको ठकुवा गरे।’नगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ मा विद्यालयमा विद्यालय व्यवस्थापन समिति रहने उल्लेख छ।जस अनुसार अभिभावक/स्थानीय शिक्षाविद्/शिक्षाप्रेमीमध्येबाट चुनिएका एकजना अध्यक्ष हुने व्यवस्था छ।त्यस्तै,सम्बन्धित वडाका वडाध्यक्ष वा वडाध्यक्षले तोकेको व्यक्ति व्यवस्थापन समितिको सदस्य हुने कानूनी व्यवस्था रहेको छ। तर,नगरले भने वडाध्यक्षलाई ब्यवास्था गरि मनोमानी तरिकाले अध्यक्ष चयन गर्ने परिपाटी रचेकोले समिती गठन हुन नसकेको नगर प्रबक्ता समेत रहेका श्रेष्ठको भनाई छ।
नगरले गरेको यस्तो हरकतले विद्यालयलाई समुदायबाट झन टाढा लैजाने बताउँछन्। त्यसो हुँदा विद्यालय सुधार हुनुको सट्टा झन् विकराल स्थिति बन्न सक्नेतर्फ उनको चिन्ता छ।
कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर बिष्णु योगिले लामो समय सम्म बिध्यालय ब्यबस्थापन समिति बन्न नसकेको विषयमा गुनासो आउने गरेको बताए।
संघिय शिक्षा नियमावली र स्थानीय शिक्षा नियमावली एक आपसमा बाझिने भएकाले केही ढिलाई भएको जानकारी गराउदै अब समस्या समाधान हुनेगरी चाँडै पहल गर्ने बताए ।
नगर प्रमुख योगिले बिद्यालयले गरेको राम्रो प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा यस क्षेत्रमा मात्र नभई बिद्यार्थीहरुको उज्जवल भबिष्यकालागि बिभिन्न बिधामा अध्यापन गराएर सिङ्गो देशमै उत्कृष्ट नमुना बिध्यालयको पहिचान गराउने शैक्षिक गतिविधि सन्चालन गर्नुपर्ने भन्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।
उनले बालबालिकाको बौद्धिक, शारीरिक,सामाजिक,आर्थिक भौतिक र नैतिक जस्ता सर्वाङिण बिकासको लागि दत्तचित्त भएर बिद्यालय परिवारलाई लाग्न र आफुले यो बिधालयको समग्र बिकासमा योगदान दिने बताएका छन्।
उनले हिजोको मुक्ति माबि भन्दा अहिलेको मुक्ती माबीले शैक्षिक क्षेत्रमा उल्लेखनीय फड्को मारेको भन्दै बिध्यालयले लिएको लक्ष्य र उदेश्यमा आफू सधै बिधालय परिवारलाई सघाउन लागिपर्ने बताए।जिल्ला शिक्षा समन्वय इकाई प्रमुख दुर्गा खड्काले अहिलेसम्म देखिएका समस्याको मुख्य कारण पहिचान गरेर त्यसको समाधान गरिने बताए। ‘अभिभावकको संलग्नताबिना विद्यालय चलाउने कुरा कानुनले परिकल्पना गरेको छैन, समिति नबनेसम्म विद्यालय राम्रोसँग चल्न सक्दैन भनेर सबैले महसुस गरेका छौँ, त्यसैले अब जे गर्दा निकास निस्किन्छ त्यो उपाय अपनाएर भए पनि निकास दिनुपर्छ’, प्रमुख खड्काले भने ।
शिक्षा ऐन, २०२८ को दफा १२ क (२) मा समिति विघटन भएपछि अर्को विद्यालय व्यवस्थापन समिति गठन नभएसम्म वा अन्य कुनै कारणले समिति गठन नभएसम्म व्यवस्थापन समितिको काम गर्न जिल्ला शिक्षा समितिले एक अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गर्न सक्ने अधिकार दिएको छ तर यस्तो अधिकारप्राप्त जिल्ला शिक्षा समितिले नै पूर्णता पाउन सकेको छैन।
विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने काम,कर्तव्य र अधिकारको प्रष्ट व्यवस्था तथा समितिको अस्तित्व नहुँदा देखिएका समस्याबारे सरोकारवाला जानकार छन् । संविधानले स्थानीय तहलाई नै ऐन कानुन बनाएर आफ्नो क्षेत्रका विद्यालय सुधारको योजना बनाउनसक्ने अधिकार दिएको विषयमा पनि कुनै द्विविधा छैन । अब विद्यालयको सुव्यस्थित सञ्चालन र वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्ने विद्यालय व्यवस्थापन समिति गठनको गाँठो फुकाएर समस्या समाधानमा ध्यान दिन जरुरी रहेको बताइन्छ।
यस्तै कार्यक्रममा बिधालयका प्रधानध्यापक दामोदर बिष्टले बार्षिक प्रतिबेदन समेत प्रस्तुत गरेका थिए।
बिध्यालय कर्मचारी याम बहादुर खत्री बाट आर्थिक बर्ष २०७९ / ०८० को आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो। जस अनुसार आम्दानी तर्फ ७ करोड ४५ लाख २६ हजार ३ सय २२ रुपैयाँ ९० पैसा रहेको छ भने खर्च तर्फ ३ करोड ५५ लाख ५९ हजार ३ सय ५२ रुपैयाँ ४ पैसा रहेको छ।
यस्तै कार्यक्रममा बिद्यार्थिको तर्फबाट बोल्दै लाली गिरीले अभिभावक दिवसले विद्यार्थीहरुमा लुकेर रहेको क्षमता र प्रतिभा प्रष्फुटन हुनुका साथै बालबालिकामा आ-आफ्नो रुचि र क्षमता अनुसारको कार्यमा अग्रसर हुन प्रेरित हुने बताईन।उनले बिध्यालयले लिएको उद्देश्य पूरा गर्नका लागि बिध्यार्थी,अभिभावक र शिक्षकको त्रिपक्षीय सम्बन्ध रहनुपर्ने बाताइन।
आफ्ना छोराछोरी बिधालय जान्छ्न जादैनन कस्तो अनि कस्को सङ्गत गरेका छन् बेलाबेला आएर बुझ्न समेत आग्रह गरेकि छ्न । बार्षिक उत्सव कार्यक्रममा विभिन्न सस्कृती झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बिशिस्ट अतिथी नगरपालिकाका उप प्रमुख देबेन्द्र बर्मा,जिल्ला शिक्षा समन्वय इकाई प्रमुख दुर्गा खड्का, पुर्ब प्र अ गुमानराज पुलामी,मेघराज शर्मा,झिमरुक क्याम्पस प्रमुख नागेशचन्द्र सुबेदी लगायतले कार्यक्रममा उपस्थित भाईबहिनी अभिभावक र शिक्षक शिक्षिकाहरुलाई उनिहरुले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतार्न उनिहरुलाई हौसला प्रदान गर्न आग्रह गर्दै यस विद्यालयलाई नमुना विद्यालय बनाउन आफुहरु सधै तत्पर रहने प्रतिबद्धता समेत जनाएका छन्।
बिध्यालयका सहायक प्र अ दिनेश चन्द्र सुबेदिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन शिक्षक कृष्ण घिमिरेले गरेका थिए।

प्रतिक्रिया राख्नुहोस्