दाङमा मास्कको अभाब 

पाँच रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँ तिर्दा  पनि पाईदैन 

दाङमा मास्कको अभाब 

दाङ । दाङमा मास्कको अभाब भएको छ । कोरोना भाइरस कोभिड १९ को बढ्दो त्राससंगै सर्वसाधारणले मास्कको प्रयोग गर्न थालेपछि अहिले बजारका मास्कको अभाब देखिएको हो । जिल्लाको घोराही,तुलसीपुर लमही, भालवाङ लगाएतका विभिन्न मेडिकहल तथा स्वास्थ्य संस्थाहरुमा मास्कको अभाव भएको सर्बसाधारणले वताएका छन् ।मास्क अभाव हुदा सर्बसधाारणले पाँच रुपैयाँ पर्नेलाई ३० रुपैयाँ तिर्दा पनि पाईन छाडेको घोराहीका सुनिता शर्माले वताउँनुभयो ।  पहिले मेडिकल र सर्जिकल स्टोरहरूमा सहजै उपलब्ध हुने मास्क यतिबेला भेट्न सजिलो छैन उहाँले भन्नुभयो ।कतै पाइएपनि व्यापारीले महंगो शुल्क असुलछन् थप्नुभयो  ।
 भारत र काठमाडौका बाट आउँने मास्क मुख्य ठाउँमै अभाव भएपछि अहिले बजारमा पाईन छाड्यो भन्नुभयो ।तीन साता अघिसम्म प्रतिगोटा ५ रूपैयाँ पर्नेलाई २० देखि ३० रूपैयाँ र १० रूपैयाँ पर्नेलाई ४० ५० रूपैयाँसम्म असुलेका खुद्रा व्यापारीहरू यतिबेला थोकमै खरिद गर्न नपाएको बताउँछन्। । चीनको वुहानमा फैलिएको कोभिड १९ को महामारीपछि नेपाल सरकारले चीनलाई मास्क सहयोग गरेको थियो।नेपालले वार्षिक १० लाखभन्दा बढी मास्क आयात गर्दै आएको थियो। यतिबेला बंगलादेश र भारतमा पनि कोरोनाको त्रास छ। 

त्यसैले उताबाट नेपाल निर्यात हुने परिमाण घटाइएको औषधि व्यवसायी बताउँछन । यस्तै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बजारमा मास्क अभाव हुन नदिने बताउँनुभयो । उहाँले बजारमा कैसैले मास्क लुकाई कृतिम अभाब सृजना गरे त्यसलाई कारर्वाही गर्ने बताउँनुभयो । बजारमा मास्क अभाव भए बैकल्विक व्यवस्था गर्न स्थानिय निकायलाई आग्रह समेत गर्नुभयो ।