राम बहादुर बिश्वकर्मा
प्युठान,सामुदायिक क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरुको संस्था पब्लिक क्याम्पस प्राध्यापक संघ लुम्बिनी प्रदेश भेला शनिबार दाङमा सम्पन्न भएको छ।भेलाबाट राप्ती बबैइ क्याम्पस तुल्सिपुरका प्राध्यापक युवराज रावतको संयोजकत्वमा १६ सदस्यीय समिति सर्वसम्मत चयन भएको देउखुरी क्याम्पसका प्राध्यापक तथा प्रदेशका सहसचिव तेज बहादुर कुवरले जानकारी दिनुभयो।
प्रदेश समितिको सह–संयोजकमा खिमराज घिमिरे,((भैरब बहुमुखी क्याम्पस पाल्पा),सचिवमा रोमनाथ शर्मा (लुम्बिनी बाणिज्य क्याम्पस बुटवल), (सह सचिबमा तेज बहादुर कुवर( देउखुरी बहुमुखी क्याम्पस लमही दाङ्ग )र कोषाध्यक्षमा शिव प्रसाद अर्याल(यज्ञदय दुधनाथ क्याम्पस रुपन्देही) चयन हुनुभएको छ। यस्तै सदस्यमा शेसकान्त अर्याल(सिधार्थ गौतम बुद्ध क्याम्पस बुटवल),बिजय कुमार चौधरी( नेपाल आदर्श बहुमुखी क्याम्पस कपिलवस्तु),गिर बहादुर भण्डारी,( स्वर्गद्वारी बहुमुखी क्याम्पस प्युठान),जगलाल गिरी(सहिद नारायण पोख्रेल रामपुर क्याम्पस रुपन्देही)दामोदर गिरी(सिद्धरत्न नाथ क्याम्पस नारायणपुर दाङ्ग),हिरालाल कुशुवा(त्रिभुवन क्याम्पस बेलाहरी),मिनराज खनाल(पाणेनी क्याम्पस अर्घाखाँची),बिष्ण प्रसाद अर्याल(सहिद नारायण पोख्रेल राभापुर क्याम्पस रुपन्देही),राम कृष्ण पौडेल(ऐरावती आदर्श क्याम्पस दाङ्ग) र देविराम भुशाल(जनज्योति क्याम्पस गुल्मी) सर्वसम्मत चयन हुनुभएको छ। भने इन्चार्जमा माया घिमिरे चयन हुनुभएको हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नकुल के सिले भेलाको उद्घाटन गर्नुहुँदै सामुदायिक क्याम्पसको विकास तथा प्रर्वद्धनमा राज्यको प्रमुख दायित्व हुने भन्दै सरकारले सामुदायिक क्याम्पसको स्तरोन्नतिमा हातेमालो गर्दै आएको बताउनुभयो ।
उहाँले प्रविधिमैत्री शिक्षा आवश्यक रहेको भन्दै परम्परागत प्रणालीलाई परिमार्जन गर्नुको विकल्प नभएको जिकिर समेत गर्नुभयो।
पब्लिक क्याम्पस र पब्लिक क्याम्पसका प्राध्यापकहरुको समस्याबारे आफु जानकार रहेको जनाउनु हुँदै आफुले सक्दो सहयोग जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
पब्लिक क्याम्पस संघ केन्द्रिय अध्यक्ष नरेन्द्र कोइरालाले सरकार र सामुदायिक क्याम्पसबीच समन्वय र सहकार्य हुन नसकेकाले समस्या देखिएको भन्दै सामुदायिक क्याम्पसको प्रमुख दायित्व प्रदेशसहित तीनै तहका सरकारले लिनुपर्ने बताउनुभयो।
उच्च तहको शिक्षा अनुसन्धानमूलक हुनुपर्ने भन्दै कोइरालाले समाजको आवश्यकतालाई पुरा गर्ने जनशक्ति उत्पादनमा राज्यले शिक्षालाई प्राथमिकताको क्षेत्रमा राखेर पब्लिक क्याम्पसमा लगानी वृद्धि गर्न राज्यले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।
भेला पब्लिक क्याम्पस प्राध्यापक संघ केन्द्रिय अध्यक्ष नरेन्द्र कोइलाको अध्यक्षतामा सम्पन्न भएको थियो । लुम्बिनी प्रदेश अन्तर्गत ९१ वटा पब्लिक क्याम्पस सन्चालनमा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्