प्युठानको झिमरुक गाउँपालिकालाई काठमाण्डौँ महानगरले एम्बुलेन्स उपलब्ध गराउने  

प्युठानको झिमरुक गाउँपालिकालाई काठमाण्डौँ महानगरले एम्बुलेन्स उपलब्ध गराउने  

प्युठान,जिल्लाको झिमरुक गाउँपालिकालाई काठमाण्डौँ महानगरपालिकाले एक एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ ।

काठमाण्डौँ महानगरपालिकाले एक सूचना जारी गर्दै झिमरुक गाउँपालिकलाई छनौट गरेर एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको जनाएको हो।महानगरपालिकाले गत असोज ४ मा प्रकाशन गरेको सूचना अनुसार झिमरुक गाउँपालिकाले एम्बुलेन्स माग गरेकोले एम्बुलेन्स पाउनेमा झिमरुक गाउँपालिका तोकिएको मापदण्ड अनुसार छनौट भएकाको काठमाडौँ महानगरपालिकाले सूचना मार्फत जनाएको छ।झिमरुक गाउँपालिकालाई (ख) वर्गको एम्बुलेन्स उपलब्ध गराइने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजस्व छुट गराई आवश्यक प्रक्रिया पुर्याएर एम्बुलेन्स लिन आउन गाउँपालिकालाई महानगरले आग्रह गरेको छ।राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमका सबै प्रक्रिया अपनाउन समेत महानगरको पत्रमा उल्लेख गरिएको छ।काठमाडौं महानगरले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा देशका दुर्गम पालिकालाई एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरको थियो।झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले आफ्नो गाउँपालिकालाई एम्बुलेन्स दिने निर्णय गरेकोमा काठमाडौं महानगरपालिकालाई धन्यवाद दिनुभएको छ।झिमरुक गाउँपालिकाको आफ्नै मातहत चल्ने एम्बुलेन्स नभएको उहाँले बताउनुभयो । हाल गाउँपालिकाभित्र लुम्बिनी प्रदेश सरकारले बादिकोट स्वास्थ्य चौकिलाई उपलब्ध गराएको एम्बुलेन्स र भुतपुर्व शैनिक संगठनलाई भारतिय रातदुतावासले प्रदान गरेको २ वटा एम्बुलेन्स मार्फत स्थानीयले सेवा लिदै आएको बताउनुभयो।पालिकाका विभिन्न स्वास्थ्य संस्था मार्फत संचालित एम्बुलेन्स मार्फत पालिकामा रहेका सुत्केरी महिलाहरुलाई स्वास्थ्य संस्था सम्म पुर्याउन सहयोग भएको उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो।महानगरपालिकाबाट प्राप्त हुने एम्बुलेन्स, सेबा बिस्तारमा कोशे ढुङ्गा सावित हुने बिश्वास समेत लिएको उपाध्यक्ष पोख्रेलले बताउनुभयो।प्राप्त हुने एम्बुलेन्सबाट जिल्ला अस्पतालको पहुँच भन्दा बाहिर रहेका अशक्त,असहाय,सुत्केरी महिला, गरीबी,विपन्न तथा अन्य नागरिकहरुले प्रत्यक्ष लाभ पाउनेमा आफू विश्वस्त रहेको उपाध्यक्ष पोख्रेलले बताउनुभयो ।