उत्कृष्ट उद्यमी एवं जेष्ठ सदस्य सम्मान सहित उज्यालो सहकारीको साधारण शभा सम्पन्न

उत्कृष्ट उद्यमी एवं जेष्ठ सदस्य सम्मान सहित उज्यालो  सहकारीको साधारण शभा सम्पन्न

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानको मरन्ठाना बुढादेबीमा रहेको उज्यालो  बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न भएको छ।
प्युठान नगरपालिका वडा नम्बर ९ र १० मरन्ठानामा कार्यक्षेत्र भई वित्तिय कारोवार गर्दै आएको उक्त सहकारी संस्थाको साधरण सभाको उद्घाटन प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि ले अव हरेक सहकारीहरुले आफ्ना शेयर सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने व्यबसायिक कार्यक्रमहरु संचालन जरुरी रहेको बताउनु भयो।शेयर सदस्यहरुले सहकारी बचत गर्नको लागि आम्दानी हुन आवस्यक छ तर सहकारीले बचत र ऋणको मात्र काम गर्दा शेयर सदस्यहरुको आर्थिक स्तर बृद्धिमा कुनै बिकास नभएकोले सहकारी मार्फत आयमुलक कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिनु भयो।ऋण लगानी गर्दा पनि सकेसम्म उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रोत्साहन गर्न सके लगेको ऋण समयमै फिर्ता हुने बिस्वास व्यक्त गर्नु भयो।कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला सहकारी संघका सदस्य माधब के सि ले सहकारीले ऋण लगानी गर्दा उत्पादन तथा आयमुलक क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता सहित आएको योजनाहरुमा लागनीको प्राथमिक आधार बनाउनु पर्ने सल्लाह दिनुभयो। ऋण तिर्नका लागि ऋण नभई सदस्यहरुलाई आत्मनिर्भर बनाउने योजना तथा कार्यक्रमहरु संचालन गर्न सके सहकारीको दीगोपन रहने बताउनु भयो।

उत्कृष्ट उद्यमी एवं जेष्ठ सदस्य सम्मान 

 

साधारण सभामा जेष्ठ शेयर सदस्य मान बहादुर सुनार,मान बहादुर भण्डारी,लिला बिष्ट,लाली सुनार,कलि राहुलाई सम्मान गरिएको थियो।त्यस्तै असल ऋणि मोति राहु,तुलसादेबी घर्तिलाई सम्मान गरिएको थियो भने हुकुम बहादुर के सि लाई उत्कृष्ट उद्यमि लाई पुरस्कृत गरिएको थियो।


संस्थाका कोषाध्यक्ष शारदा बिश्वकर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत प्रतिबेदन अनुसार सिमित सेयर सदस्य बाट सुरु गरिएको हाल सहकारीमा ६ सय २१ जना रहेका छन । कुल शेयर पुँजी १६ लाख ७९ हजार रहेको छ भने बचत निक्षेप तर्फ कुल १ करोड ८७ लाख ३ हजार १ सय ६४ रहेको छ । यस्तै ऋण लगानी २ करोड १८ लाख ४७ हजार १ सय ६८ रुपैयाँ रहेको छ।
स-सानो पुँजीबाट स्थापना भएको सहकारीले छोटो समयमा नै शेयर सदस्यहरुको मन जित्न सफल भएको बताउँदै उहाँले अझै शेयर सदस्यहरुको संख्या थप गर्दै जाने बताउनुभयो । कोभिड १९ को कारण सृजना भएको आर्थिक मन्दी र केही सहकारीले गरेको गलत कार्यको कारण सहकारी सञ्चालनमा थप चुनौतिपूर्ण बन्दै गएको अवस्थामा उज्यालो सहकारीमा भने त्यो समस्या नरहेको कोषाध्यक्ष बिश्वकर्माको भनाई रहेको थियो।अध्यक्ष राधा जि सि महतराको अध्यक्षता,उपाध्यक्ष पुर्ण बहादुर भण्डारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन सस्थाका सचिब सिताराम घर्तिमगरले गर्नुभएको कार्यक्रममाकृषि सहकारी जिल्ला संघका अध्यक्ष दिन बहादुर जि सि,बचत तथा ऋण सहकारी जिल्ला संघका सचिब बलभद्र के सि,स्वर्गद्वारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष बासु गिरी,सस्थापक अध्यक्ष दिन बहादुर भण्डारी,निबर्तमान अध्यक्ष बोम बहादुर भण्डारी र शिक्षक बिकास नेपाली लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।