निमतारा पोलीक्लिनिक : सेवाग्राहीको बिश्वास जित्दै दोस्रो बर्षमा प्रवेश

निमतारा पोलीक्लिनिक : सेवाग्राहीको बिश्वास जित्दै दोस्रो बर्षमा प्रवेश

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान जिल्ला प्युठान नगरपालिका वडा नम्बर ४ बिजुवारमा रहेको निमतारा पोलिक्लिनिक प्रा लि आजबाट दोस्रो बर्षमा प्रबेश गरेको छ ।
स्थापनाको १ बर्षमै जिल्लामै लोकप्रिय बनेको निमता पोलीक्लिनिकले आम नागरिकको बिश्वास जित्न सफल भएको छ ।आज एक बर्ष पुगेको अवसरमा पोलीक्लिनिकमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल औषधि व्यावसायि जिल्ला संघ प्युठानका अध्यक्ष भगत कर्मचार्यले निमतारा पोलीक्लिनिकले एक बर्षमै सेवाग्राहीको मन जित्दै काम गर्न सफल भएकोमा खुशी ब्यक्त गरेका छ्न।
साथै उनले निमतारा पोलीक्लिनिकको स्थापनाले प्युठानको स्वास्थ्य क्षेत्रको बिकासमा ठुलो टेवा पुगेको उनको भनाई छ ।सो पोलीक्लिनिक हाल आएर जिल्लाकै सबैभन्दा बिश्विासिलो र सबैको मन जित्न सफल पोलीक्लिनिकका रुपमा परिचित छ।
विरामीको स्वास्थ्यलाई मध्येनजर गर्दै आगामी दिनमा पनि थप सेवा विस्तार गर्दै जाने पोलिकिलिनिकले जनाएको छ।
पोलिक्लिनिकले रोल्पा,दाङ्ग,गुल्मी र अर्घाखाँची जिल्ला सहितका विरामीलाई छिटो छरितो रुपमा सेवा दिदै आएको छ।
लामो समयदेखि भेरी प्रादेशिक अस्पताल लगायतका कयौं अस्पतालमा सेवा गरेका डाक्टर सुवास जि सि र डाक्टर प्रकाश जि सि सञ्चालक रहेको उक्त पोलीक्लिनिकले समय सापेक्ष बिभिन्न नि:शुल्क सेवा समेत दिदैं आएको छ। आज स्थापनाको एक बर्षको बिशेष कार्यक्रममा ओपिडि सेवा निशुल्क गरिएको थियो।पोलिक्लिनिकले २०७९ साल असोज ५ गतेबाट आफ्नो यात्रा शुभारम्भ गरेको थियो।यो अवसरमा पोलिक्लिनिक लाई यहाँसम्म पुर्याउनका लागी सहयोग गर्ने सम्पुर्ण शुभेच्छुकहरुलाई पोलिक्लिनिक परिवारले धन्यवाद व्यक्त गरेको छ ।
सुभेच्छुकहरुको अथाह साथ तथा मायाले नै पोलिक्लिनिक  यो अवस्थासम्म पुगेको सन्चालक प्रकाश जि सि ले बताए।
बिपन्नलाई निःशुल्क उपचार सेवा प्रदान गरिदै आएको पोलिक्लिनिकले १ बर्षको अवधिमै करिब ११ हजार भन्दा बढि विभिन्न रोगको उपचार र १ हजार भन्दा बढि सेवाग्राही उचित सल्लाह सुझाव दिदै लोकप्रिय बन्न सफल भएको डाक्टर जि सि को भनाई छ।अर्का सन्चालक डाक्टर सुवास जि सि ले ,‘आफुहरुको उद्देश्य पैसा कमाउने भन्दा पनि सबैमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु भएको बताए । वार्षिकोत्सवमा मात्रै नभएर समय समयमा छुट अफर दिएर सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन पाउँदा हामी हर्षित छौं।’
जि सि का अनुसार निमतारा पोलिक्लिनिकले सेवा शुल्कलाई भन्दा पनि उपचार सेवालाई प्राथमिकतामा राखेको उनी बताउँछन् ।
जुनसुकै बिरामी लाई छिटो,सस्तो–सुलभ र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो’,डा. जि सि ले भने,यसका लागि हामी सदैव तत्पर छौँ।’२४ सै घण्टा रेडियोलोजी सेवा,प्याथोलोजी,आकस्मिक सेवा,विशेषज्ञ सेवा, फार्मेसी सेवा,ओपिडी लगायत सेवा उपलब्ध भएको पोलिकिलिनिकले जनाएको छ।