राम बहादुर बिश्वकर्मा
प्युठान,पुर्ब जि बि स सभापति कर्णध्वज के सि ले जनता माध्यमिक बिध्यालय बाग्दुलाका १ शिक्षकलाई सम्मान गर्नुभएको छ।
उक्त बिध्यालयमा अध्ययन पश्चात यसै शैक्षिकसत्र को एस इ इ परिक्षामा आफ्नो छोरी जेनि के सि ले कम्प्युटर बिषयमा ए पलस ग्रेड ल्याउन सफल भए बापत कम्प्युटर शिक्षक सुवास घिमिरेलाई कदर गर्दै रु २० हजार बराबरको चेक प्रदान गरिएको हो।
बिध्यालयको बार्षिक सामाजिक परिक्षण कार्यक्रमको अबसरमा शिक्षक घिमिरेलाई लाई सम्मान गर्नुभएको हो।
के सि ले गुणस्तर र प्रभावकारी शिक्षा प्रवर्द्धनमा शिक्षकको महत्त्वपूर्ण भूमिका हुने चर्चा गर्दै विद्यार्थीहरूको शैक्षिक वातावरणमा शिक्षक अध्यापन तर्फ लगनशील बन्ने विश्वास व्यक्त गर्नुभयो।
शिक्षा प्रणालीलाई थप समयसापेक्ष,परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता पूरा गर्न दक्ष एवं सुयोग्य जनशक्ति उत्पादनमा जनता माध्यामिक बिध्यालय एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
नेपाल सरकार बाट शिक्षकले पाउने पारिश्रमिकले परिबार चलाउन समेत धौधौ पर्ने देखिन्छ के सि ले भन्नुभयो "- त्यसैले राज्यले नवप्रवर्तन,उद्यमशीलता र रोजगारी सिर्जनालाई बढावा दिने र आकर्षक तलब प्रदान गरी दक्ष व्यक्तिलाई आकर्षित गर्ने नीतिहरू ल्याउन आवश्यक छ"
वर्तमान शिक्षा प्रणालीमा रहेका चुनौतीलाई सम्बोधन गर्न शिक्षक,अभिभावक,विद्यार्थी,शैक्षिक संस्था र सरकारले सामूहिक जिम्मेवारी लिनु आवश्यक रहेको के सि को भनाई छ।
पुर्ब जिल्ला बिकास समिति सभापति के सि हाल राजनीतिक,सामाजिक,शैक्षिक ,कल्याणकारी र सेवामुखी कार्यहरूमा समेत सक्रिय रहँदै आउनुभएको छ।
जिल्लाका समग्र बिध्यालयको सर्बाङ्गिण विकासका लागि आवश्यक पर्ने विविध पक्षमा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै जनता माध्यमिक बिध्यालय नेपालकै उत्कृष्ट स्कुलको रूपमा स्थापित गर्न क्रियाशील रहेको उहाँले बताउनुभयो।
बिध्यालयका प्रध्यानाध्यापक इन्द्रमणी पोख्रेलले पुर्ब जिबिस सभापति तथा बिध्यालयका अभिभावक के सि ले शिक्षकको मनोबल बढाउने उद्देश्यले विद्यालयबाट आफ्नो छोरिले एसएलसी परीक्षामा सबै विषयमा उत्कृष्ट जिपिए ल्याउन सहयोग गर्ने प्रत्येक विषयगत शिक्षकलाई पुरस्कारबापत २०-२० हजार ले पुरस्करित गर्ने अगृम घोषणा गर्नुभएको थियो।
त्यतिबेला देखि शिक्षकबीच पनि आफ्नो विषयमा कसरी विद्यार्थी उत्कृष्ट गराउने भन्ने सकारात्मक प्रतिस्पर्धा हुने गरेको थियो,प्रधानाध्यापक पोख्रेलले भन्नुभयो,'सोही अनुरुप आंशिक कम्प्युटर शिक्षक सुवास घिमिरे के सि द्वारा सम्मान्नित हुनुभएको हो।
मावि तहमा कम्प्युटर विषय पढाउने शिक्षक घिमिरेले उक्त पुरस्कार प्रदानले आफूलाई शिक्षणमा थप जिम्मेवार बनाएको बताउनुभयो।'विद्यार्थी मात्रै होइनन् आफ्नो समेत परीक्षा लिइँदै छ भन्ने सोचाइ पर्दोरहेछ,'घिमिरेले भन्नुभयो।
प्रतिक्रिया राख्नुहोस्