जब कार्यालय प्रमुख "चुमान गिरी "किसानको धान खेतमै पुगेपछि .......

राम बहादुर बिश्वकर्मा
प्युठान,प्रधानमन्त्री कृषि आधुनिककिकरण परियोजना समन्वय इकाईका प्रमुख चुमान गिरी आइतबार साझ करिब ५ बजे तिर कृषकको खेतमा पुग्नुभयो।प्यूठान नगरपालिका-४ बिजुवारमा प्रदर्शनको लागि रोपिएका विभिन्न ११ थरीका धानका जातहरुको अवलोकन गरिएको थियो।परिक्षणका लागि रोपिएको धानको अवस्था,कृषकका समस्या तथा उनिहरुले बिगतमा उत्पादन गरेका धान खेतिको बारेमा जानकारी लिनुभयो।
जिल्लाका किसानलाई २ धान खेती उत्पादनमा उत्प्रेरणा दिएका उहाँले कृषकका समस्या तथा उनिहरुले उत्पादन गरेका धान खेतिको बारेमा जानकारी लिदै पछिल्लो समय यता २ धान खेती जिल्लाकाे गाैरव भएकाे बताउनुभयो।परियोजनाकै आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीयले धान खेति गरीरहेका छन।
परिक्षणका लागि रोपिएको यसपालि धान उत्पादन राम्रो छ,जहाँ कुनै समस्या देखिएको छैन पैरवी अनलाइन लाई परियोजनाका प्रमुख चुमान गिरीले भन्नुभयो,‘‘हामी खेतमै गएर हेर्यौ,१ सय १० दिनमै तयार हुनेजातहरु उपयुक्त देखिएका छन्।
राम्रो धान उत्पादन हुने विश्वास गरेका छौँ तर अझै तथ्याङ्क आइपुगेको छैन।’’ 
धानको उत्पादन हेर्दै प्रमुख गिरीले ब्यासायिक कृषिमा लाग्न सवैलाई आग्रह गर्दै परियोजनाले सामुहकि खेतिलाई प्रोत्सान गर्ने बताउनु भयो।“खेती योग्य जमिनमा घरहरु बनिरहेका छन् ,गिरीले भन्नुभयो,“अब सिँचाइको क्षेत्रफल बढाएर चैते धानको क्षेत्रफल विस्तार गर्न आवश्यक छ।” उन्नत जातका बीउ विरुवा लगायत यन्त्र उपकरण वितरण गरिरहेको परियोजनाले नि:शूल्क प्राविधिक सीपसमेत प्रदान गर्दै आएको छ।थोरै लगानिमा धेरै उत्पादन दिने गरी पाठशालानै स्थापना गरेर धान जोन र तरकारी जोनमा जिल्लाका कृषकहरुलाई ब्याबसायिक बनाउन थालिएको कार्यालयले जनाएको छ।