राम बहादुर बिश्वकर्मा
प्युठान,नौबहिनी गाउँपालिका वडा नम्बर १ स्याउलिबाङ्गका स्थानीय लाई आलु उत्पादन गरेसँगै यसको बिक्रीको चिन्ता थियो।
परम्परागत रुपमा बेमौसमी आलु खेती गर्दै आएपनी यस बर्ष व्यावसायिक रुपमा आलुखेती सुरु गरेका किसानहरु आलुले राम्रो भाउ पाउन थालेपछि यहाँका किसान खुशी भएका छन।
यहाँ उत्पादन गरिएको करिब ३५ क्विन्टल आलु राम्रो मूल्यसहित बिजुवारमा आइपुगेको छ।
तस्बिर: स्याउलीबाङ्गमा उत्पादन गरिएको बेमौसमी आलु बिजुवारमा किन्नेको घुइँचो
सोमबार दिउसो प्युठान नगरपालिका वडा नम्बर ४ बिजुवार झर्दा सम्म करिब ३५ क्विन्टल आलु बिक्री भएपछि किसान उत्साहित बनेका हुन् । “हामी खुशी छौँ,राम्रो मूल्य पनि पर्यो,आलु बिक्दैन कि भन्ने चिन्ता पनि हट्यो,सबै किसानको एउटै चिन्ता थियो, व्यावसायिक रुपमा आलु खेती त गरियो आलु कसरी खपत होला भन्ने तर आलु सोचेभन्दा राम्रो बिक्री भयो खुशी छौँ”,नौबहिनी गापालिका वडा नम्बर १ स्याउलिबाङ्गका निम बहादुर पुनले भने।
उनका अनुसार सबै वडामा सडक पुगेको छैन २ वटा वडामा उत्पादन भएको आलु मात्र हो हिजो बिहान ८ बजे ट्याक्टरमा आएको दिउँसो मात्र बिजुवार आइपुगेको थियौ प्रती के जि ५० का दरले आलु बिक्री गरिएको छ ।
जिल्ला सहकारी संघ प्युठानका अध्यक्ष सुशील पोख्रेलले स्याउलिबाङ्गको आलु आएको भनेर सामाजिक सञ्जालमा राख्नेबित्तिकै उपभोक्ता आलु खरिदका लागि आएको पुनले बताए। अहिले ९५ प्रतिशत बिक्री भइसकेको छ”,किसान निम बहादुर पुनले भने।
आफ्नै घरको प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक आलुखेती गर्दैआएको पुनले बताए ।उनकाअनुसार किसानले सिचाई मलखाद बीउ र बजार समेतको समस्याबीचमा आलुखेती गर्न बाध्य रहेको बताएका छन्।
खेती नगरे अर्को विकल्प नरहेकाले यस क्षेत्रमा आलु खेतीतर्फको आकर्षण बढेको उनको भनाई छ।

प्रतिक्रिया राख्नुहोस्