मिडियाकर्मी र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य प्रबर्द्धन सेवा सम्बन्धि पैरवी कार्यक्रम 

मिडियाकर्मी र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य प्रबर्द्धन सेवा सम्बन्धि पैरवी कार्यक्रम 

राम बहादुर बिश्वकर्मा
प्युठान,मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य प्रबर्द्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश भालुवाङको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य अधिकृत भरत बहादुर कुँवरले मिडियाकर्मी मार्फत उपलब्ध स्वास्थ्य सेवाबारे आम नागरिकलाई सत्य तथ्य सूचना सम्प्रेषणका लागि स्वास्थ्य प्रबर्द्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम आयोजना गरिएको बताउनुभयो।उहाँले शारीरिक,मानसिक,भावानात्मक तथा सामाजिकरुपमा स्वस्थ भएमात्र मानिस स्वस्थ हुने बताउनुभयो।उहाँले अहिले सम्म उपचरात्मक सेवालाई जोड दिदै आइएको भएपनि अब भने उपचारात्मक भन्दा पनि स्वास्थ्य प्रवर्धनात्मक र प्रतीकात्मक सेवा लाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।“ रोग लागे पछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनका लागि सहयोग पुगोस भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको हो।”,उहाँले भन्नुभयो,“जनता स्वस्थ्य रहे मात्र हरेक क्षेत्रमा पुग्न सक्छन् ।अघि बढ्न सक्छन्।त्यसैले हरेक सरोकारवाला निकायले  स्वास्थ्य सेवालाई  विशेष ध्यान दिन आबश्यक छ”।प्युठान नगरपालिकाका स्वास्थ्य प्रमुख गोबिन्द घिमिरेले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी दिदैं हालसम्म स्वास्थ्य शाखा मार्फत भए गरेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो।
घिमिरेले नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुको संख्या र अवस्था,पोषण,परिवार नियोजन कार्यक्रम,सुरक्षित मातृत्व कार्यक्रम,खोप, दादुरा रुबेलाको वर्तमान अवस्था लगायतका बारेमा जानकारी दिनुभएको थियो।स्वास्थ्य शाखा प्रमुख घिमिरेले  खोप अभियान,प्रजनन स्वास्थ्य, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको उपचार,परिवार नियोजन,नसर्ने रोगका सचेतनामुलक कार्यक्रम लगायतका कामहरु शाखा मार्फत भैरहेको बताउनुभएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासघ प्युठानका अध्यक्ष सन्जय रिजालले स्वास्थ्य शाखाले सन्चारकर्मी सङ्ग अभिमुखिकरण कार्यक्रम राखेकोमा धन्यवाद ब्यक्त गर्नुभयो।प्युठान नगरपालिकामै रहेको प्युठान अस्पतालमा आवश्यकता अनुसारको जनशक्ति कम हुनु,दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र कर्मचारी अभाव,उपकरणको अभाव,औषधिको अभाव लगायतका बिषयमा सन्चारकर्मिले समाचार लेखेपनी सरोकारवालाको ध्यान जान नसकी रहेकोमा गुनासो व्यक्त गर्नुभयो। नगरपालिका स्वास्थ्य शाखाले पत्रकारिता क्षेत्रलाई समेट्न नसकेको उल्लेख गर्दै रिजालले आगामी दिनमा स्वास्थ्य शाखा र संचारमाध्यम बिच यस्ता कार्यक्रम लाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। 

त्यस्तै प्युठान नगरपालिकाका स्वास्थ्य अधिकृत दधिराम सुबेदिले मानव जिवनमा स्वास्थ्य पहिलो प्राथमिकतामा पर्ने भएकाले सबैसरोकारवाला निकाय संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो।सन्चारकर्मिले स्वास्थ्य क्षेत्रका विभिन्न विषयवस्तुलाई सममचारमा समेट्न सुबेदिले आग्रह गर्नुभयो।