१४१ औं बिश्व क्षयरोग दिवस : सन्चारकर्मी संग अन्तरक्रिया

राम बहादुर बिश्वकर्मा
प्युठान, १४१ औं विश्व क्षयरोग दिवस,२४ मार्च दिवसको अवसरमा क्षयरोगबारे नागरिकलाई सुसुचित तथा जनचेतना अभिबृद्धि गराउने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जिल्लाका सन्चारकर्मी सङ्ग अन्तरक्रिया गरेको छ।
यसवर्षको राष्ट्रिय नारा "हो हामी क्षयरोग अन्त्य गर्छौं"भन्ने उद्घोष सहित बिएनएमटी र किड्स नेपालको सहयोगमा स्वास्थ्य कार्यालय प्युठानले कार्यक्रम आयोजना गरेको हो। अन्तक्रियाँ कार्यक्रमलाई सहजीकरण गर्दै जिल्ला स्वास्थ्य कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख मधुसूदन खडकाका अनुसार प्युठानमा गत वर्षमा ४०२ जना क्षयरोगका बिरामी दर्ता भएका र पछिल्लो ६ महिनामा १५७ जना क्षयरोगका बिरामी दर्ता भएको र गत बर्ष मा १२ जना क्षयरोगीको मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।
खड्काले क्षयरोग पहिचान साँझपख हल्का ज्वरो पसिना आउने,खाना खान मन नलाग्ने,खकारमा रगत देखिने आदी लक्षण हुँने जानकारी दिनुभयो। उहाँका अनुसार ‘रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिलाई क्षयरोग देखा पर्छ । उहाँले भन्नुभयो "यो रोग संक्रमित रोग हो ’माईक्रो व्याक्टेरिया सुक्ष्म जिवाणुका कारण यो रोग लाग्दछ,क्षयरोग भएको १ व्यक्तिले १० देखि १५ जना सम्म मानिसलाई सार्न सग्दछ।’
कम्तीमा ६ महिना औषधी खाए निको हुने भएपनि बिरामीले नियमित औषधी नखाने,रोजगारीका लागि भारत जाने लगायतका समस्या देखिएको पाइएको छ।
क्षयरोग २ किसिमको हुन्छ ।फोक्सो भित्र लाग्ने र फोक्सो बाहेक अन्य अङ्गमा लाग्ने क्षयरोग हुन् ।
उहाँका अनुसार क्षयरोग पहिचान साँझपख हल्का ज्वरो पसिना आउने,खाना खान मन नलाग्ने,खकारमा रगत देखिने आदी लक्षण हुँने बताउनुभयो।

यस रोगको उपचार डट्स पद्धतीबाट भईरहेको बताउँदै खड्काले दैनिक खानपानमा ध्यान दिनसकेमा यस रोगबाट बच्न सकिने उल्लेख गर्नुभयो ।‘मधुमेह र प्रेसर जस्ता रोग भएका व्यक्तिलाई क्षयरोग लाग्ने संम्भावना बलियो हुन्छ’उहाँले भन्नुभयो‘दैनिककार्य नगर्ने र मोटोपन भएका व्यक्तिलाई विभिन्न संक्रमणकारी रोग देखा पर्दछ।’

नेपालमा आर्थिक वर्ष २०८२/८३ सम्म नयाँ क्षयरोगी २४ प्रतिशतले कम गर्ने लक्ष्य लिएको छ भने मृत्युदर ६० प्रतिशतले कम गर्ने लक्ष्य रहेको छ ।
निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काको अध्यक्षतामा भएको कार्यक्रमा नेपाल पत्रकार महासघका अध्यक्ष संजय रीजालले मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन जनस्वास्थ्य निरीक्षक कौशलराज बैधले गर्नु भएको थियो।