राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ३ बिजयनगर र वडा नम्बर ४ जोड्ने जुम्री खोलामा स्टिल ट्रस्ट झोलुङ्गे पुलको शिलान्यास गरिएको छ।
प्युठान नगरपालिका वडा नम्बर – ३ हुँदै वडा नम्बर ४ मा जाने खोलामा पुल बन्न लागेको हो।प्युठान नगरपालिका वडा नम्बर ३ को लगानीमा पुल बन्ने भएपछि पुल नहुँदा विगतदेखि नै समस्या खेपिरहेका स्थानीयवासी खुशी भएका छन्।पुल निर्माण भएमा आवतजावत गर्ने स्थानीयलाई सहज हुने भएको छ। चालु आर्थिक वर्षको संघिय अनुदान र वडा कार्यालय बाट बिनियोजित संयुक्त ३८ लाख ८३ हजार रुपैयाँ बजेटमा २८ मिटर लम्बाई रहेको पुल निर्माण हुने भएको हो।आज एक कार्यक्रम बिच प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सुमन श्रेष्ठले शिलान्यास गर्नुभएको हो।
पुलको काम उपभोक्ता समिति मार्फत सुरु गरिएको नगर प्रबक्ता श्रेष्ठले बताउनुभयो। स्थानीयबासीले विगतदेखि नै खोलामा पुलका लागि सम्बन्धित कार्यालयहरुमा धाइरहेका थिए । तर, स्थानीयबासले पुलको माग गर्ने अवसर यस अघि भएको स्थानीय तहको निर्वाचनका क्रममा पाए त्यसबेला स्थानीयले राखेको मागलाई पूरा गर्न अहिले जनप्रतिनिधिले पुल निर्माण गर्ने पक्रिया सुरु गर्न लागिएको हो। अब विगतको जनताको माग पूरा गरिने प्युठान नगर पालिका वडा अध्यक्ष एबम प्रबक्ता श्रेष्ठले बताउनुभयो।खोलामा पुल नहुँदा स्थानीयबासीले बर्खामा धरै समस्या बेहोर्नुपर्छ। अब जनप्रतिनिधिहरु पुल निर्माणका लागि अग्रसर भएपछि स्थानीयबासी खुशी भएका छन्। दैनिक आवतजावत गर्न धेरै समस्या खेप्नुपरेको अनुभव सुनाउदै स्थानीय मदन रामजालीले भन्नुनुभयो।-"पुल निर्माण पश्चात् आवतजावतमा अब धेरै सहज हुनेछ।" स्थानीयबासीको विगतदेखिको सपना पूरा भएको र समयमै सम्पन्न गरेर गाउँमै सिंहदरबार भएको महसुश गराउने श्रेष्ठको भनाई छ।

प्रतिक्रिया राख्नुहोस्