पेशागत महासंघ नेपाल प्युठानको अधिबेशन सम्पन्न 

प्युठान, प्युठानमा विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपाल प्युठानको तेस्रो जिल्ला अधिबेशन बिजुवारमा सम्पन्न भएको छ । 
शुक्रबार जिल्लामा रहेका सरकारी तथा निजी क्षेत्रका विभिन्न पेशामा आबद्ध पेशाकर्मीहरुको हक हितमा काम गर्ने साझा संस्थाका रुपमा रहेको महासंघ प्युठानको तेस्रो जिल्ला अधिबेशनबाट नयाँ कार्यसमितिको चयन भएको हो ।अधिवेशनले दल बहादुर के.सी.को अध्यक्षतामा ७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसहम्मत चयन भएको हो । जसको उपाध्यक्षमा राधा के.सी. सचिव ‍‍‍‍‍‍गाेपालय विष्ट काेषाध्षक्ष कृष्ण श्रेष्ठ सदस्य शिशिर पोख्रेल नारायणी पाेख्रेल र देवका कुवँर निर्विराेध निर्वाचित भएका हुन ।कार्यक्रम बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा मिसन ग्रासरुट अभियानका सदस्य घनश्याम पाण्डेले पेशागत सुरक्षाको लागि सबै पेशाकर्मीहरु एकजुट हुनुपर्ने बताएका छन् । पेशागत महासंघ नेपाल प्युठानको तेस्रो अधिबेशनको प्रमुख अतिथि समेत रहेका पाण्डेले मुलुकको समृद्धिको लागि पेशाकर्मीको महत्त्वपूर्ण भुमिका भएकोले यस् तर्फ एकढिक्क भएर लाग्नुपर्ने बताए हुन ।

नेकपा एमाले जिल्ला अध्यक्ष बिजय बिराज बिष्टले सबै पेशाकर्मीहरुले जवाफदेही भएर जनताको काम गर्नुपर्ने बताएका छन । उनले भने,"समृद्धिको आधार पेशाकर्मी भएकोले जिम्मेवार हुनुस।" पेशागत मर्यादालाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने उनले बताए । 

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष दल बहादुर के.सी.ले पेशागत महासंघ नेपालमा आबद्व सबै घटकका सदस्यहरुको सुरक्षा र  संगठनको हितका लागि निस्वार्थ रुपमा निरन्तर काम गर्ने बताए । हाम्रो नेतृत्वमा पेशागत महासंघलाई थप ब्यवस्थित गर्दै जाने उनले बताए । सबै पदाधिकारीहरुलाई संगठनप्रति ईमन्दार भएर काम गर्न आग्रह समेत गरे।संगठनका हक अधिकार, सुरक्षा र जायज माग सम्बोधनका लागि स्थानीय तह,जिल्ला प्रदेश हुँदै केन्द्र सम्मपैरवी गर्ने उनको भनाई थियो ।

अधिबेशनले प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन अनुमोदन गर्दै भाबी कार्यक्रम समेत अनुमोदन गरेको महासंघ अध्यक्ष देबि प्रसाद रिजालले जानकारी दिए ।
महासंघका देबि प्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव बसुदेब गिरी गरेका थिए ।