हाजिरी जवाफ प्रतियोगितामा जनता माध्यमिक विद्यालय प्रथम

सीता बि.क प्युठान,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानको आयोजना तथा भुवनेश्वरी मा बि खैरा-जुनियर तथा युवा रेडक्रस सर्कलको आतिथ्यतामा सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा जनता मा बि बाग्दुला प्रथम भएको छ।
त्यस्तै कालिका आबशिय बिध्यालय बिजुवारले द्धितिय र बाल बिध्या मा बि मरन्ठाना मजुवाले तृतीय स्थान हासिल गरेको छ। 

तस्बिर : जनता माध्यमिक बिध्यालय बाग्दुला बाट प्रथम स्थान हासिल गर्ने छात्रछात्रा 

 

तस्बिर: कालिका आबाशिय माध्यमिक बिध्यालय बिजुवार बाट द्धितिय स्थान हासिल गर्ने छात्रछात्रा

भुवनेश्वरी माध्यामिक बिध्यालय खैरामा आयोजना गरिएको प्रतियोगितामा ५ वटा बिध्यालयको सहभागिता रहेको थियो।बिद्यार्थीहरुको बौद्धिक बिकासका लागि सामान्य ज्ञान र पाठ्यक्रमका विषयमा कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो।
बिद्यार्थीहरुको क्षमता बृद्धि गर्न सकुन र आफ्नो क्षमतालाई अगाडी बढाउन सकुन भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानको आयोजना तथा भुवनेश्वरी मा बि खैरा-जुनियर तथा युवा रेडक्रस सर्कलको आतिथ्यतामा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ।

तस्बिर: बाल बिध्या माध्यमिक बिध्यालय मरन्ठाना मजुवा बाट तृतीय स्थान हासिल गर्ने छात्रछात्रा