प्‍युठानमा एमाले,कांग्रेस वीपी र जसपाले चुनावी तालमेल गर्ने

प्‍युठान,आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्‍य तथा प्रदेशसभा सदस्‍य निर्वाचनमा नेकपा एमाले,कांग्रेस वीपी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएको छ ।

शुक्रबार नेकपा एमालेका जिल्ला अध्‍यक्ष विजय राज विष्ट,कांग्रेस वीपीका जिल्ला सभापति बलबहादुर महतारा र जनता समाजवादीका जिल्ला अध्‍यक्ष श्रीराम पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावी तालमेल गर्ने ३ बुँदे सहमती गरेका हुन् ।

 

हेर्नुहोस् सहमती पत्र 

उक्त सहमती पत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्‍यक्ष उम्‍मेदवारतर्फ सूर्य चिह्नमा मतदान गर्ने, प्रतिनिधि तथा प्रदेशसभा समानुपातिक तर्फ आ-आफ्नो पार्टीको चुनाव चिह्नमा मतदान गर्ने र चुनाव प्रचार-प्रसारका क्रममा संयुक्त चुनावी सभा तथा संयुक्त घरदैलो कार्यक्रम गर्ने उल्लेख छ ।