राम बहादुर बिश्वकर्मा
प्युठान,सम्पत्ति कमाउनु अधिकांश मानिसको जीवनको लक्ष्य हुन्छ। धनसम्पत्ति आर्जन गर्नु र सुखी जीवन बिताउनु मानवीय स्वभाव पनि हो। त्यसैले बाँचुञ्जेल सम्पत्तिकै लागि उसले मरिहत्ते गरिरहेको हुन्छ ।
तर,केही मानिस यस्ता पनि छन्,जो कमाएको सम्पत्ति निजी सुखसयलमा होइन सार्वजनिक सेवामा खर्च गर्छन् । तिनै मध्येकी एक हुन्, प्युठान नगरपालिकाकी हुमा कुमारी के सि ।
तस्बिर : प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना बुढादेबी निवासी मनकारी"हुमा के सि "जसले सामुदायिक भबन बनाउन निःशुल्क जग्गा दान गरिन्
प्युठान नगरपालिका वडा नम्बर –९ की सामान्य कृषक परिबारकी ब्यक्ति हुन् उनि । प्रशस्त सम्पत्तिको मालिक नभए पनि मनको धनी उनले सामुदायिक भवन निर्माणका लागि निशुल्क जग्गा दिएकी छन् ।
लुम्बिनी प्रदेशका अर्थ मन्त्री कृष्णध्वज खड्काको पहलमा सामुदायिक भवनको निर्माणका लागि ८ लाख बजेट विनियोजन भएको उक्त रकमले भबन निर्माण हुने भए पछि के सि ले नि:शुल्क जग्गा दान गरेकि हुन।
जग्गा दाताका छोरा सुर्य बहादुर के सि र निम बहादुर के सि सहतिको मन्जुरीमा साबिकको मरन्ठाना गा बि स वडा नम्बर ४ हाल प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना बुढादेबी स्थित कित्ता नम्बर ३०८ बाट भबन निर्माणका लागि आबश्यक पर्ने क्षेत्रफल भबन निर्माणका लागि निशुल्क जग्गा प्रदान गरिएको हो।
छोरा सुर्य बहादुर के सि सि ले स्थानिय स्तरमा सामुदायिक भवन नहुँदा कुनै पनि सामाजिक, सांस्कृतिक कार्यक्रम,बैठक तथा छलफल गर्नमा स्थानीयवासीमा हुँदै आएको समस्याको मध्यनजर गर्दै सामुदायिक भवनको निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराएको बताए।
सामुदायिक भवनको निर्माणमा जग्गाधनी हुमाकुमारी के सि परिबारको अतुलनीय योगदान रहेको समाजसेवी अन बहादुर भण्डारीले बताए । प्रदेश मन्त्रालय बाट सामुदायिक भवनको निर्माणका लागि बजेट विनियोजन भए पनि जग्गाको अभावको कारण निर्माण कार्यमा ढिलाइ हुँदै आएकोमा के सि परिबारले सामुदायिक भवनलाई प्रयाप्त जग्गा दान गरेपछि निमार्ण कार्यले गति लिने उनले थपे ।
मरन्ठानामा कुनै पनि सार्बजनिक कार्यक्रम बैठक शभा,सम्मेलन जस्ता कार्यक्रम गर्न सामुदायिक भवन नरहेको र स्थानीय जनसमुदायको आवश्यकतालाई मध्यनजर गर्दै सामुदायिक भवन बनाउन रकम विनियोजन गरेको भन्दै स्थानीयले लुम्बिनी प्रदेशका अर्थ मन्त्री कृष्णध्वज खड्का र निशुल्क जग्गा दान गर्ने दाता परिबारलाई स्थानियवासीले धन्यवाद समेत दिएका छन् ।
के सि ले जग्गा दिएसँगै सामुदायिक भवनको निम्ति पक्की भवन बन्ने आशा स्थानीयले पनि गरेका छन् । तर,जनप्रतिनिधि निर्वाचित भएको दोस्रो चरण प्रवेश सम्म पनि यस्ता सामुदायिक भबन निर्माण तर्फ ठोस पहल नभएकोमा उनीहरुको गुनासो छ । अब भवन निर्माणको प्रक्रिया छिट्टै हुनुपर्ने र त्यसका लागि वडाका प्रतिनिधिले समेत अग्रसरता लिनुपर्नेमा वडावासीको जोड छ ।
प्रतिक्रिया राख्नुहोस्