प्रतिक्रियावादीको कुनै षड्यन्त्रले एमाले कमजोर छैन,जनता साथमा हुनुहुन्छ : सुवास नेम्बाङ्ग

प्रतिक्रियावादीको कुनै षड्यन्त्रले एमाले कमजोर छैन,जनता साथमा हुनुहुन्छ  : सुवास नेम्बाङ्ग

राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले अब एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गरेका छन्।उनले भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा एमालेको लोकप्रियतासँग डराएर नै पाँच दलीय गठबन्धनले प्रदेश र केन्द्रको निर्वाचनमा समेत गठबंधन गरेको बताए । 
उनले जनताको मन जितेर काम गरेको आफ्नो पार्टी हरपल जनताको सुख दुखमा सङ्गै रहेको हुँदा धरातल कमजोर भएका अन्य दलहरू जनताबाट अस्विकृत हुने भयले गठबन्धनको रडाको मच्चाएर एमाले सिध्याउने खेल खोजेको भन्दै आफ्नो पार्टी जनताको दर्हो साथले निर्बाचनमा एक्लै चुनावमा जाने र एकल बिजय मनाउने जिकिर गरे।सोमबार प्युठानको जुम्रीमा संचालित नेकपा एमाले जिल्ला समिति प्युठान द्वारा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै नेम्बाङले  यस्तो बताउनुभएको हो।
आगामी प्रतिनिधि सभाको चुनावमा तालमेलको लागि गठबन्धनमा रहेका र बाहिर रहेका दलहरुसँग तालमेलको विषयमा बहस समेत भइरहेको छ। उनले भने"- यदि कुनै कारण तालमेल हुन नसकेको खण्डमा एमाले एक्लै चुनावी मैदानमा जानको लागि तयारी अभियानमा लागेको छ।" 
अहिलेको सत्ता गठबन्धन संसदीय मूल्य र मान्यता विपरितको दूषित गठबन्धन भएको उनको भनाई छ।कार्यक्रममा नेम्बाङ सँगै एमालेका पोलिट ब्युरो सदस्य सुर्य थापा,नेकपा एमाले पोलिटव्यूरो सदस्य एबम लुम्बिनी प्रदेश सह इन्चार्ज बिमला घिमिरे,केन्द्रिय अनुशासन आयोग सदस्य झपेन्द्र जिसि,केन्द्रीय सल्लाहकार परिषदका सदस्य हिरा बहादुर के सी,प्रदेश कमिटी सचिवालय सदस्य धनबहादुर रायमाझी, बुद्धिजिबि संघका केन्द्रिय सदस्य टेकुलाल गिरी,जिल्ला अध्यक्ष बिजय बिराज बिष्ट लगायतले आउँदो निर्वाचनमा गठबन्धनले जति षड्यन्त्र गरे पनि जनताको विश्वास एमालेमाथि नै रहेकाले सबैभन्दा ठुलो दल एमाले नै हुने बताएका थिए ।
साथै बिगतको स्थानिय निर्बाचनको जस्तो गल्ती उक्त जिल्लाका सबै स्थानीय तह नेता तथा कार्यकर्तालाई नदोहोर्‍याउन आग्रह गर्दै जनताको मन जित्ने गरि काममा उत्रन सबै माताहतका कमिटिलाइ आग्रह गरे। आफ्नो पार्टी र जनप्रतिनिधिहरुको लिखित दस्ताबेज बनाएर घर घरमा जनतासम्म पुर्याउन प्रशिक्षणमा आग्रह गरिएको छ।