एसईई नतिजा: कालिका माबिकि "मनसुन"भईन प्युठान जिल्ला टपर 

प्यूठान,यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत प्युठानमा मनसुन पाण्डे जिल्ला प्रथम भएकी छन।
कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्यनरत छात्रा पाण्डे जिल्ला प्रथम भएकि हुन् । उनले ४ जीपीए अंक ल्याएकि छन् । ईकाईका अनुसार लोक चेतन इङलिस बोर्डिङ स्कुलका बिकास रिजालले ३.९० जीपिए का साथ दोस्रो र प्यूठान भ्याली एकेडेमीका योगेश भण्डारीले ३ं.८५ जिपिए ल्याउदै तेस्रो स्थान हासिल गर्न सफल भएका छन । शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले यसलाई प्रारम्भिक नतिजा भनेको छ।
नर्सरी देखि नै प्रथम हुँदै आएकि पाण्डेले एसईईमा जिल्ला प्रथम हुदा खुसी लागेको बताइन् ।प्यूठान नगरपालिका ८ खप्रेङ्गखोला निवासी पाण्डे बुबा आमासंगै बसेर कालिकामा अध्यन गर्थिन ।
पाण्डेकी आमा रचना र बुवा सेर बहादुर पाण्डे दुवै जना कालिका बोर्डिङकै शिक्षक हुन् ।पाण्डे कक्षा नर्सरी देखि नै प्रथम आउने गरेको उनका बाबुको भनाई छ।
एसईईमा प्युठानबाट कुल ४ हजार २०६ जना परीक्षार्थी सहभागि थिए । यस मध्य १३ जनाले ‘ए’ प्लस ल्याएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख शिव पाण्डितले बताए । ६८ जनाले ए, १ सय ९५ जनाले बी प्लस, ६ सय १७ जनाले बी, १ हजार ६ सय ६१ जनाले सी प्लस, १ हजार ३ सय ९३ जनाले सी, १ सय ९ जनाले डी ग्रेड ल्याएका छन् । १ सय ५० जना विद्यार्थी परीक्षामा सहभागी नै नभएको समन्वय इकाई प्यूठानले जानकारी दिएको हो ।