को हुन बिजय बिराज बिष्ट? प्युठान नगरपालिका मेयरमा किन चुलिदै छ चर्चा ?

को हुन बिजय बिराज बिष्ट? प्युठान नगरपालिका मेयरमा किन चुलिदै छ चर्चा ?

राम बहादुर बिश्वकर्मा

प्युठान,प्युठान जिल्लाको केन्द्रबिन्दुमा रहेको प्युठान नगरपालिका मेयरको उमेदवार बिजय बिराज बिष्ट नेकपा एमालेको बलिया उम्मेदवारको रुपमा रहेका छन्।उनि मेहेनतमा बिश्वास राख्ने ब्यक्ती हुन् ।
प्युठान नगरपालिका वडा नम्बर २ क्वाडिमा २०३६ साल असार २२ गतेका दिन उनको जन्म भएको थियो।

२०५३ साल देखि राजनिति जीवन शुरु गरेका बिष्ट २०५६/२०६२ सम्म अनेरास्ववियु प्युठानको अध्यक्ष बने । उनि सामाजिक कार्यमा सक्रिय भएपछि उनलाई सबैले चिन्न थाले । त्यसपछि राजनितिक यात्रामा सक्रिय हुँदै बिष्ट २०६३ मा अनेरास्ववियु का केन्द्रिय सदस्य तथा भुगोल इन्चार्ज राप्ती,२०६५ सालमा अनेरास्ववियु का केन्द्रिय सचिबालय सदस्य,२०६६/६७ अनेरास्ववियु को उपत्यका समन्वय कमिटी अन्तर्गत बिध्यार्थी बिशेष जिल्ला कमिटी को सचीव,प्युठान भूगोल क्षेत्र नम्बर १ को इन्चार्ज(२०६९) र पार्टी एकता पुर्ब लुम्बिनी प्रदेश कमिटी सदस्यको रुपमा रहि करिब ३ दशक बिध्यार्थि राजनीतिमा क्रियाशिल हुँदै समाजमा हुने बिकृती,बिसंगती बिरुद्ध अभियान,सचेतनात्मक अभियान लगायतका सामाजिक क्षेत्रमा उनि निकै सक्रिय भएका बिष्ट हाल नेकपा एमाले को नवौं अधिबेशन बाट जिल्ला कमिटी प्युठानको अध्यक्ष छन्।
पहिलेदेखीनै युवाहरुका प्रिय बिष्ट अहिलेपनि उत्तिकै प्रिय छन् । युवाहरुसंग निकै प्रिय रहेका बिष्ट बिभिन्न आन्दोलन तथा सामाजिक उत्तरदायीत्व स्वरुप काम गरिरहेकाले आफ्नो पक्षमा निकै माहोल बनाउन सफल भए । गलत काममा लाग्नेलाई सतर्क गराउने देखी दुख पिडामा परेका ब्यक्तीहरुलाई सहयोग गर्ने सम्मका काममा बिष्ट जहिलेपनि अगाडी हुन्थे । करिब ३ दशक को अबधीमा राजनितिक यात्रा राम्रै संग बितेको उनि बताउँछन् ।
अहिले आफ्नै क्षेत्रमा फेरी उनि निकै सक्रिय छन्। राजनितिलाई कमाई खाने भाँडो बनाउने परम्परालाई उनि तोड्ने पक्षमा छन् । एकातिर कुनै ब्यवसाय गर्ने र अर्कोतिर राजनिति गर्ने योजनामा उनि छन् । उनि आफु मात्रै नभएर नगरका धेरै युवाहरुलाई स्वरोजगार बनाउने योजनामा छन् ।
राजनिति गर्ने मान्छेले निस्वार्थ राजनिति गर्नुपर्छ भन्ने उनको धेय छ । अध्ययन र चेतना बढाउनुपर्ने उनको भनाई छ । राजनिति भन्दैमा सबैले गर्न नसकिने उहाँ बताउनुहुन्छ । समस्या संग जुध्न सक्ने क्षमताको युवाले आए स्वागत गर्न उनि तयार छन् । पछिल्लो समय राजनितिलाई कमाउने भाँडो बनाइदिदा सिंगो राजनिति गर्ने ब्यक्ती बदनामित भइरहेको बिष्ट बताउँछन। ब्यक्तीगत स्वार्थमा निहित भएर राजनिति गरिदिदा जनतामा राजनिति गर्ने माथीको बिश्वास घटेको हो । स्वार्थ राखेर धेरै पछिसम्म टिक्दैन निस्वार्थ काम गर्नका लागी सबैले मिल्नुपर्नेमा उनको जोड छ ।

उनले २०६९ देखी २०७५ सम्म पुर्ब गृहमन्त्री बामदेब गौतमको सचिबालयमा प्रमुख स्वकीय सचिबको जिम्मेवारी बहन गरिसकेका  बिष्टको अबको योजना जनप्रतिनिधी बनेरै राजनिति गर्ने छ । अब आफ्नो नगरको मेयर बनेर नगर बाट बिकासको जग बसाल्ने उनको योजना छ । नगरको बिकासका लागी पुरै खाका तयार पारेको बताउँदै बिष्टले यस पटकको मेयरमा बिजयी गराउन नगरबासीमा अपिल गरेका छन।
नगर प्रमुखका उमेदवार बिजय बिराज बिष्टले प्युठान नगरपालिका लाई देशभरिमै उदाहरणीय नगर बनाउने प्रतिवद्धता समेत गरेका छन।उनले प्युठान नगर लाई नमुना बनाउनका लागि आर्थिक, शैक्षिक,भौतिक पुर्वाधार, स्वास्थ्य,शिक्षा,पर्यटन र सरसफाईको क्षेत्रमा विशेष ध्यान दिएर योजनाहरु बनाउने बताए।
जनताले खोजेको,रोजेको र विश्वास गरेको पार्टी एमाले को तर्फबाट ५ दललिय गठबन्धन गर्दा पनि आफुले सहजै चुनाव जितिने उल्लेख गर्दै उम्मेदवारी दिएको बताउछन।
शिक्षा,स्वास्थ,रोजगारी र पर्यटकिय पालिका सिर्जना गर्न र नगर लाई समृद्ध बनाउन उम्मेदवारी दिएको उनको भनाई छ ।बेरोजगारी अन्त गर्न रोजगारमुलक योजना अघि सार्नुका साथै यातायात व्यवस्थापन,अनाधिकृत रुपले कब्जा गरिएका सडक पेटि कब्जामुक्त बनाउने र रात्रीकालिन बजारको समेत व्यवस्थापन गर्ने प्रतिवद्धता बिष्टले व्यक्त गरेका छन।विभिन्न विकास निर्माणका योजना बनाउँदा जनतासंगै विज्ञहरुको पनि सल्लाह सुझाव लिएर मात्रै बनाउने उनको योजना छ । उनले यीनै एजेण्डा र योजनाका साथ आफु निर्वाचनमा उत्रिएको जनाउँदै विजयी गराउन नगरका सम्पुर्ण वडावासी संग हार्दिक अपिल पनि गरेका छन ।
बिष्टले भने "नगर प्रमुखको उम्मेदवार मैले दिदा जनताको मुहारमा खुसी,युवाको जोसजागर,बृदबृद्वाको आशा र भरोसा,ब्यवसायीको अपेक्षा,विद्यार्थीहरुले कुशल अभिभावक,सबैको साथ र सहयोगले समृद्ध नगर भएको हेर्न चाहाने जनताको दबाब र मेरो सामाजिक सेवा सधै नथाकी लाग्ने निरन्तरता दिने भएकाले नगरकै प्रतिनिधित्व गरेर अगाडि बढ्ने चाहाना लाई नगरवासिको माग अनुसार दवाबले आफुलाई नगरको मेयर उम्मेदवार दिन सहज भएको बताएका छन।