प्युठान नगरको मेयरमा जसपाबाट पुर्ब जिबिस सभापति कर्णध्वज के सि को नाम सिफारिस

प्युठान नगरको मेयरमा जसपाबाट पुर्ब  जिबिस सभापति  कर्णध्वज के सि को नाम सिफारिस

राम बहादुर बिश्वकर्मा
प्युठान,बैशाख ३० मा हुने स्थानीय निर्वाचनको लागि जनता समाजवादी पार्टीले प्युठान नगरपालिकाको मेयर र उपमेयरको सिफारिस गरेको छ।
जसपा प्युठान जिल्लाको शुक्रबार बार बसेको बैठकले मेयर पदका लागि मेयरमा कर्णध्वज के सि को नाम सिफारिस गरेको हो। के सि जसपाका केन्द्रिय सदस्य हुन्।पुर्ब जिबिस सभापति समेत भईसक्नुभएका के सि लाई जसपाको जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले मेयरमा सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष श्याम गहतराजले जानकारी दिए। के सि जिल्लाको लोकप्रिय नेता भएकाले मेयरमा सिफरिस गरिएको अध्यक्ष गहतराजको भनाई छ।त्यस्तै उपमेयरमा भगवती सुबेदि,गोपाल पन्थि वडा नम्बर २,(पवन न्यौपाने वडा नम्बर ३),श्याम लाल गहतराज(वडा नम्बर ४),८- दामोदर गिरी(वडा नम्बर  ८),केशव के सि(वडा नम्बर ९),जेद बहादुर घर्तिमगर(वडा नम्बर १०)यही क्रममा प्युठान नगरमा मेयरको उम्मेदवार सिफारिस गर्ने सत्ता गठबन्धनमा जसपा पहिलो दल बनेको छ । 
जनता समाजबादि पार्टी प्युठानले यहीँ बैशाख ३० गते हुने स्थानीय निर्वाचनकालागी तपशिलका पालिका र वडाहरुमा निम्न बमोजिमका ब्यक्तिहरुलाइ उम्मेद्बारी बनाउने निर्णय गरेको छ ।त्यस्तै जिल्लाका अन्य स्थानीय तहमा पनि उम्मेद्बार सिफारिस गरेको छ जसमा  स्वर्गद्वारी नगरपालिका मेयर - सरिता खनाल,उप मेयर - लुमाराम भण्डारी 
 सरुमारानि गाउँपालिका 

 अध्यक्ष  - घमान सिङ्ग गुरुङ 
 उपाध्यक्ष  - अनिसा पुन
 वडा अध्यक्षका उम्मेद्बारहरु क्रमश:
 २-गमानसिङ गुरुङ 
ऐरावति गाउँपालिका

 अध्यक्ष - मुक्त जिएम
 उपाध्यक्ष - राधा थापा
 वडा अध्यक्षका उमेदवारहरु क्रमश 
 ३)तुलसि गुरुङ 
 ४) दोब बहादुर पुन मगर
 ५) नारन रोका क्षेत्री
झिम्रुक गाउँपालिका

अध्यक्ष - कुलचन्द्र पोख्रेल 
 उपाध्यक्ष - रचना थापा 
 वडा अध्यक्षहरु क्रमश वडाअनुसार
 १- कृष्ण बहादुर जिसि 
 ३- श्रीराम पोख्रेल 
 ५- खेतु उपाध्याय 
 ६- प्रेम कुमाल
 ७- तुक बहादुर गिरी
 ८- चित्र बहादुर बस्नेत 
 मल्लारानि गाउँपालिका

अध्यक्ष - मधब शर्मा
अन्य पालिका र वडाहरुको उम्मेद्बारी शनिबार सम्म टुंङ्गाइने जसपा प्युठानले जनाएको छ।